आज:  | Thu, 30, Jun, 2022

म्याग्दीखोलामा डुबेर बालक वेपत्ता

२९ फाल्गुन २०७५, बुधबार १२:३८ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
विहिवार दिउँसो अन्दाजी ४ बजे म्याग्दी खोलामा पौडि खेल्न गएका स्कुले विद्यार्थी हेमचन्द्र गर्वुजा वेपत्ता भएका छन ।अन्नपूर्ण गाउँपालिका, ८ राम्चे काफलडाँडा घर भै सदरमुकाम बेनी स्थित बेनी सामुदायीक विद्यालय कक्षा नौमा अध्ययनरत हेमचन्द्र गर्वुजा म्याग्दी खोलामा डुबेर बेपत्ता छन । सँगै खोलामा डुबेका बेनी नगरपालिका, ७ महारानीथान बस्ने निलप्रसाद छन्त्याललाई प्रहरीले उद्धार गरेको छ । विद्यालयका प्रध्यानअध्यापक दिपक श्रेष्ठनका अनुसार विद्यालयबाट छुट्टी भएपछि घर जानुपर्ने विद्यार्थी खोलामा पुगेकोले दुर्घटना भएको हो ।‘एक जना विद्यार्थी खोलामा डुवेर वेपत्ता छन । खोजीमा प्रहरी खटिएको छ’ जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी लोकबहादुर गुरुङ्गले भने, ‘स्थानीयले खवरगरेपछि डुबेका अर्को निलप्रसादलाई जीवित उद्धार गर्यौ तर गर्वुजालाई अझै फेला पार्न सकेका छैनौं ।’