आज:  | Fri, 24, Jun, 2022

मोतिया विन्दुको शल्यक्रिया शिविर सुरु

२९ फाल्गुन २०७५, बुधबार ११:०८ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
बेनी जिल्ला अस्पतालमा निःशुल्क आँखा परिक्षण तथा मोतिया विन्दुको शल्यक्रिया शिविर सुरु भएको छ ।नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौको प्राविधिक सहयोगमा गैहृसरकारी संस्था हामी नेपाली र बेनी स्थिती विभिन्न लायान्स तथा लियो क्लवहरुको ब्यवस्थापनमा तीन दिने शिविर सुरु भएको हो ।अस्पतालका शिविर संयोजक डा. कल्याण ढुङ्गानाको नेतृत्वमा आएका आँखाका श्वास्थ्यकर्मी टोलीले आँखाका विरामीको श्वास्थ्य परिक्षण गर्दै फेला परेका मोतियाविन्दु झएका विरामीलाई निशुल्क शल्यक्रिया र चस्मा वितरण गर्ने कार्यत्रम छ ।