आज:  | Sat, 25, Jun, 2022

प्रशारण लाईनलाई रुख काट्न अनुमति

२६ फाल्गुन २०७५, आईतवार १६:०४ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
अन्नपूर्ण गाउँपालिका, ३ दानादेखी पर्वतको खुर्कोट सवस्टेसन जोड्ने कालीगण्डकी करिडोर २२० केभिए प्रसारण लाईनलाई रुख काट्न कानुनी बाटो खुलेको छ ।कालीगण्डकी प्रशारण लाईनका ३० वटा टावर राख्न २।५८ हेकटर वन क्षेत्रमा फैलिएको ११ वटा सामुदायीक वनका दुई सय ८ रुख काट्न वन कार्यालयले स्वीकृती दिएपछि अवरुद्ध प्रशारण लाईन निर्माण पुनः सुचारु हुने भएको हो । एक बर्ष अघि मन्त्री परिषदको जग्गा उपभोग र रुख काट्न दिने निर्णय वल्न म्याग्दी र पर्वत स्थित डिभिजन वन कार्यालयले कार्यान्वयनमा ल्याएका हुन ।आयोजनाले वन विभागसँगको सम्झौता अनुसार जग्गाको सट्टाभर्ना गरेपछि रुख काट्न स्वीकृति दिएका हौं डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख हरिशचन्द्र सापकोटाले भने, ‘काटिने रुखको छपान, मुल्याङ्क र चेकजाँच भैसकेको छ । अव टावर राख्न खुल्ला भएको छ ।म्याग्दी तर्फको सामुदायीक तथा राष्ट्रिय वनमा जग्गासट्टाभर्ना सुरु भएपनि पर्वत तर्फ भने सट्टाभर्ना गर्ने जग्गा खोजी भैरहेको कालीगण्डकी प्रशारणलाई आयोजनाले जनाएको छ ।दानाकुस्मावर्दघाट १ सय ४२ किमी लाईन मध्य पहिलो खण्ड दाना कुस्माको ४२ किमी खण्डमा सवस्टेसन र प्रसारणलाईनका टावन निर्माण धमाधम भैरहेको छ । आयोजनाले दाना र पर्वतको खुर्कोट (कुस्मा)मा सवस्टेशन निर्माण पुरा गरी १ सय १४ टावर मध्य एक सय ८ वटा टावर पनि निर्माण भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, केन्द्र रहेको पोखरेवगर खण्डमा ६ वटा टावर राख्न विवाद छ । टावर राख्ने लाईनमा गाउँपालिका मुकाम परेको र सरकारी भवन समेतका वस्ती विकास तथा शहरीकरण भै वस्तीमाथी हाईटेन्सन लाईन राख्न समस्या भएको हो ।सामुदायीक वन क्षेत्रमा पनि टावर राख्ने काम पुरा भएको छ । जग्गासट्टा भर्ना भएपछि वन क्षेत्रका केही रुख काट्ने र तार टाँग्ने काम गर्न वाटो खुलेको छ । अव धमाधम काम सुरु हुन्छ आयोजना प्रमुख चन्दन घोषले भने, ‘सवस्टेसन र टावरमा राख्ने इलेक्ट्रोनिक उपकरण पनि ढुवानी भैसकेको छ ।एशियाली विकास वैंकको सहयोगमा निर्माण हुने प्रशारण लाईन निर्माण गर्न भारतिय टाटा प्रोजेक्ट्स र चिनिया कम्पनी चिन्ट इलेक्ट्रिक जेभीसँग २०१८ नोभेम्बर सम्म निर्माण पुरा गर्नेगरी सम्झौता भएकोमा ढिलाई भएको छ । आयोजनाले प्रशारणलाईनको करिव ७५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।आयोजना निर्माण ढिलाई हुँदा मुस्ताङ्गमा निर्माण भएको १३.६ मेगावाट क्षमताको थापाखोला जलविधुत करिव खेर गैरहेको छ । त्यसैगरी विधुत उत्पादन अन्तिम तयारीमा रहेका ५ मेगावाटको घलेम्दी जलविधुत पनि खेर जाने अवस्था छ । ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविधुत आयोजनाले निर्माणमा ढिलाई गरिएको जनाएको छ ।मुस्ताङ्ग/म्याग्दीको उत्तरी क्षेत्रका जलविधुत आयोजना समेट्न कालीगण्डकी करिडोर, म्याग्दीखोला जलाधार क्षेत्र समेट्न म्याग्दीखोला करिडोर, पर्वतको मोदीखोला जलाधारका आयोजना र वाग्लुङ्ग जिल्लाका विभिन्न जलविधुत आयोजनाबाट उत्पादित विजुली पर्वतको खुर्कोट सवस्टेसनमा जोडेपछि खर्कुोटबर्दघाट खण्डको प्रसारण लाईनबाट विजुली लैजाने प्राधिकरणको योजना रहेको छ ।विधुत प्राधिकरणले कालीगण्डकी जलाधार क्षेत्रमा बनेका विध्लुाई जोड्ने कालीगण्डकी करिडोर सवस्टेसन र प्रसारण लाईन निर्माणमा ढिलाई गर्दा हिमालपारीको जिल्ला मुस्ताङ्गमा उत्पादित १० मेगावाट क्षमताको थापाखोला जलविधुत आयोजनाले आफ्नो उत्पादन म्याग्दीको नारच्याङ्ग स्थित २ मेगावाट क्षमताको तातोपानी साना जलविधुत आयोजनाको सवस्टेसन सिमित गराएको छ ।विधुत प्राधिकरणले दाना र खुर्कोट २२०/१३२/३३/११ केभिए कालीगण्डकी करिडोर प्रशारण लाईन र सवस्टेशन निर्माण गर्न भारतिय कम्पनी टाटा र चिनियाँ कम्पनी चिन्टको संयुक्त टाटाचिन्ट जेभी ठेकदार कम्पनीले दुई अर्व ९० करोडमा ठेक्का दिएको हो । आयोजना र ठेकदार विच सन् २००१८ नोभेम्बरमा निर्माण सम्पन्न गर्ने गरी ३० मे २०१६ मा सम्झौता भएको हो ।त्यसैगरी कालीगण्डकी करीडोरको दाना सवस्टेसनमा जोड्नेगरी राहुघाट ३२ मेवा, घारखोला १४ मेवा, कालीगण्डकी अपर ६४ मेवा, कालीगण्डकी गर्ज १४६ मेवा, निलगिरी ३८ मेवामुस्ताङ्गमा निर्माणाधिन ताङछर खोला २.४० मेवा, र कोवाङकालीगण्डकी (४५० मेगावाट) आयोजनाबाट उत्पादन हुने विधुतलाई जोड्ने योजना छ । त्यसैगरी माथिल्लो राहुघाट (४८ दशमलव ५ मेगावाट), कालीगण्डकी माथिल्लो (७२ मेगावाट) र दरवाङ्गखोला २५ मेगावाट, म्याग्दी खोला क्षेत्रका अन्य १२ योजनाले पनि २ सय ८० मेगावाट उत्पादन गर्न सर्वेक्षण अनुमति लिएका छन । माथिल्लो म्याग्दी ३० मेवा, म्याग्दी२ २७ मेवा, कालीगण्डकीतिप्ल्याङ्ग ६७ मेवा, माथिल्लो मुदीखोला १० मेवा समेत २१ वटा आयोजनाले २ सय ३६ मेवा योजनाले बिद्युत उत्पादन अनुमति लिएका आयोजनाको विधुत यही २ सय २० केभिए कालीगण्डकी करिडोर प्रसारण लाईने जोड्ने योजना हो ।