- Loading...
बेनीको खानेपानी स्मार्ट सिस्टममा
- पुनहिल डट कम
- ६ साल अघि
- ४१४ पटक पढिएको

सदरमुकाम बेनीको खानेपानी वितरण प्रणालीमा स्मार्ट वाटरग्रीड सिस्टम लागु गरिने भएको छ ।
बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अनुसार स्मार्ट वाटरग्रीड सिस्टमबाट खानेपानी आयोजना सञ्चालन हुन गालेको यो नेपालको पहिलो प्रोजेक्ट हो । दक्षिण कोरियाको इन्च्योन विश्वविद्यालय मातहतको दि सोसाईटी अफ कोरियन स्माट वाटरग्रीड संस्थाले परिक्षणक पाईलट प्रोजेक्टको रुपमा बेनी साना सहरी खानेपानी आयोजनामा यो प्रविधी लागु गर्न लागेको हो । यो प्रविधीबाट दक्षिण कोरिया समेत विश्वमा खानेपानी आयोजना संञ्चालित भएपन विकासोन्मुख देशमा छैनन ।
‘बेनी साना शहरी खानेपानीमा एक विलियन डरलको प्रस्तावित स्मार्ट वाटरग्रीड सिस्टम लागु गर्न एमओयु सम्झौता भएको छ । फाईनल भएको छैन’ बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष शुवास श्रेष्ठले भने, ‘८० प्रतिशत कोरिया सरकार मातहतको कोईका र २० प्रतिशत नेपाल सरकार (बेनी नगरपालिका र खानेपानी संस्था)लगानी रहने छ ।’
नयाँ प्रविधीयुक्त स्मार्ट वाटरग्रीड सिस्टम लागु भएपछि बेनी साना शहरी खानेपानीको मुहानदेखी उपभोक्ताको घरसम्म सेन्सर सिस्टम जडान हुने छ । सिस्टमले बाढीपहिरोको उच्च जोखिम क्षेत्रमा रहेको खानेपानीको मेन तथा वितरण लाईनमा फल्ट आउनासाथ संञ्चालकको मोवाईलमा साईरन बज्ने छ ।
त्यसैगरी ट्रिटमेन्ट प्लान्ट थप ब्यवस्थित गर्ने, मुहानदेखी ट्याङ्की सम्मको मुख्य लाईन पहिरोको जोखिम क्षेत्रमा रहेकोले ब्यवस्थापन गर्ने, पानी परिक्षण गर्न प्रयोगशाखा बनाउने र उपभोक्ताको घरमा आधुनिक मिटर जडानगरी एपबाट मिटर रिडिङ् गर्ने र वील भुक्तानी गर्ने ब्यवस्था रहने बेनी खानेपानी संस्थाले जनाएको छ ।
१२ बर्षअघि एशियाली वैंकको करिव ५ करोड ऋणमा निर्माण गरिएको बेनी खानेपानी सदरमुकामदेखी उत्तर म्याग्दी र पर्वत जिल्लाको सिमानामा पर्ने पुम्दीखोला र कोप्रेखोलाको मुलबाट १८ किलोमिटर प्रशासरण लाईन र १३ किलोमिटर वितरण लाईनबाट उपभोक्ताको घरमा पुर्याईएको छ ।
बेनीका एक हजार ३३ घरधुरीका १८ हजार ५ सय ९७ जनालाई खानेपानी वितरण गरेको बेनी खानेपानी उपभोक्ता संस्था एक करोड ६० लाख ऋणमा छ । आयोजनाले प्रति सेकेण्ड ३२ लिटर पानी ल्याई ४ लाख ७५ हजार लिटर क्षमताको ट्याङुकीमा जम्मा गरी नेपाली स्ट्याण्डरको गुणस्तरीय खानेपानी वितरण गर्दै आएको छ । पछिल्ला बर्ष बेनीको जनसंख्या घटेकोले खानेपानीको आयाजनाको क्षमताभन्दा थोरै मात्र पानी प्रयोग भएको छ ।
‘३२ लिटर सेकेण्ड प्रति सेकेण्ड पानी आएपनि जम्मा २२ लिटर प्रर्ति सेकेण्ड मात्र उपभोग भैरहेको छ । बाँकी पानी हामी ओभरफ्लोगरी फालेका छौं’ संस्थाका अध्यक्ष शुवास श्रेष्ठले भने, ‘खानेपानी गुणस्तर प्रयोगशालाले नेपाल स्ट्याण्डरको खानेपानी भनेपनि बेनीको खानेपानी त्यो भन्दा गुणस्तरिय छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
