आज:  | Sat, 25, Jun, 2022

शैक्षिक सामाग्रि सहयोग

२४ फाल्गुन २०७५, शुक्रबार १२:०९ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
नेपाल ट्रेड युनियन काँग्रेस म्याग्दीले ७३ औँ स्थापना दिवसको अबसरमा वाल संगठनले संरक्षण गरेका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।‘श्रमको सम्मान गरौँ, श्रम शक्ति नै राष्ट्र शक्ति हो’ नारा सहित ट्रेड युनियनले बाल संगठनमा रहेका १३ विद्यार्थीलाई ३ हजार मुल्य बराबरको शैक्षिक सामाग्री काँग्रेस म्याग्दीका सभापति खम बहादुर  गर्बुजाले हस्तान्त्रण गरे ।सहयोग हस्तान्त्रण गर्न पूर्व सभापति रेशम बहादुर बानियाँ, सचिव तथा बेनी नगरपालिका प्रमुख हरि कुमार श्रेष्ठ, सचिव मिनबहादुर कार्की पनि पुगेका थिए ।