आज:  | Fri, 01, Jul, 2022

बेनीको खानेपानी स्मार्ट सिस्टममा

२४ फाल्गुन २०७५, शुक्रबार १२:१९ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता

सदरमुकाम बेनीको खानेपानी वितरण प्रणालीमा स्मार्ट वाटरग्रीड सिस्टम लागु गरिने भएको छ ।

बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अनुसार स्मार्ट वाटरग्रीड सिस्टमबाट खानेपानी आयोजना सञ्चालन हुन गालेको यो नेपालको पहिलो प्रोजेक्ट हो । दक्षिण कोरियाको इन्च्योन विश्वविद्यालय मातहतको दि सोसाईटी अफ कोरियन स्माट वाटरग्रीड संस्थाले परिक्षणक पाईलट प्रोजेक्टको रुपमा बेनी साना सहरी खानेपानी आयोजनामा यो प्रविधी लागु गर्न लागेको हो । यो प्रविधीबाट दक्षिण कोरिया समेत विश्वमा खानेपानी आयोजना संञ्चालित भएपन विकासोन्मुख देशमा छैनन ।

बेनी साना शहरी खानेपानीमा एक विलियन डरलको प्रस्तावित स्मार्ट वाटरग्रीड सिस्टम लागु गर्न एमओयु सम्झौता भएको छ । फाईनल भएको छैन बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष शुवास श्रेष्ठले भने, ‘८० प्रतिशत कोरिया सरकार मातहतको कोईका र २० प्रतिशत नेपाल सरकार (बेनी नगरपालिका र खानेपानी संस्था)लगानी रहने छ ।

नयाँ प्रविधीयुक्त  स्मार्ट वाटरग्रीड सिस्टम लागु भएपछि बेनी साना शहरी खानेपानीको मुहानदेखी उपभोक्ताको घरसम्म सेन्सर सिस्टम जडान हुने छ । सिस्टमले बाढीपहिरोको उच्च जोखिम क्षेत्रमा रहेको खानेपानीको मेन तथा वितरण लाईनमा फल्ट आउनासाथ संञ्चालकको मोवाईलमा साईरन बज्ने छ ।

त्यसैगरी ट्रिटमेन्ट प्लान्ट थप ब्यवस्थित गर्ने, मुहानदेखी ट्याङ्की सम्मको मुख्य लाईन पहिरोको जोखिम क्षेत्रमा रहेकोले ब्यवस्थापन गर्ने, पानी परिक्षण गर्न प्रयोगशाखा बनाउने र उपभोक्ताको घरमा आधुनिक मिटर जडानगरी एपबाट मिटर रिडिङ् गर्ने र वील भुक्तानी गर्ने ब्यवस्था रहने बेनी खानेपानी संस्थाले जनाएको छ ।

१२ बर्षअघि एशियाली वैंकको करिव ५ करोड ऋणमा निर्माण गरिएको बेनी खानेपानी सदरमुकामदेखी उत्तर म्याग्दी र पर्वत जिल्लाको सिमानामा पर्ने पुम्दीखोला र कोप्रेखोलाको मुलबाट १८ किलोमिटर प्रशासरण लाईन र १३ किलोमिटर वितरण लाईनबाट उपभोक्ताको घरमा पुर्‍याईएको छ ।

बेनीका एक हजार ३३ घरधुरीका १८ हजार ५ सय ९७ जनालाई खानेपानी वितरण गरेको बेनी खानेपानी उपभोक्ता संस्था एक करोड ६० लाख ऋणमा छ । आयोजनाले प्रति सेकेण्ड ३२ लिटर पानी ल्याई ४ लाख ७५ हजार लिटर क्षमताको ट्याङुकीमा जम्मा गरी नेपाली स्ट्याण्डरको गुणस्तरीय खानेपानी वितरण गर्दै आएको छ । पछिल्ला बर्ष बेनीको जनसंख्या घटेकोले खानेपानीको आयाजनाको क्षमताभन्दा थोरै मात्र पानी प्रयोग भएको छ ।

३२ लिटर सेकेण्ड प्रति सेकेण्ड पानी आएपनि जम्मा २२ लिटर प्रर्ति सेकेण्ड मात्र उपभोग भैरहेको छ । बाँकी पानी हामी ओभरफ्लोगरी फालेका छौं संस्थाका अध्यक्ष शुवास श्रेष्ठले भने, ‘खानेपानी गुणस्तर प्रयोगशालाले नेपाल स्ट्याण्डरको खानेपानी भनेपनि बेनीको खानेपानी त्यो भन्दा गुणस्तरिय छ ।