FLASH NEWS
  • Loading...

खै सुरक्षा तथा रेस्क्यु योजना ?

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४१२ पटक पढिएको
खै सुरक्षा तथा रेस्क्यु योजना ?

जिल्लामा निर्माणाधिन दर्जनबढी जलविधुत, सडक, विधुत समेतका ठूला आयोजनासँग कार्यस्थलमा हुने दुर्घटनामा अपनाउनु पर्ने सुरक्षा तथा रेस्क्यु योजना नै छैन ।

भीरपहरामा जोखिमयुक्त काम गर्नु पर्ने भएपनि आयोजनाहरुले कर्मचारी एवं मजदुर सुरक्षाका लागी अपनाउनु पर्ने दुर्घटना पर्दा खोज, उद्धार तथा प्राथमिक उपचार समेतका आधारभुत सुरक्षा योजना नबनाएका हुन । निर्माण क्षेत्रमा दुर्घटना न्यूनिकरण योजना नहुँदा यस क्षेत्रमा कार्यरत मजदुरहरु बढी जोखिममा परेका छन ।

‘ठूला आयोजनाहरुले श्वास्थ्य, सुरक्षा र वातावरणका मापदण्ड पछ्याएका छैनन । कार्यस्थलमा मानव स्वस्थ्य र सुरक्षामा हेलचक्राई गरेको देखिन्छ’ प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले भने, ‘अर्व बढी बजेटका आयोजनामा पनि कार्यस्थलमा मजदुरलाई सामान्य चोटपटक लाग्दा प्राथमिक उपचार गर्ने पद्धति वा श्वास्थ्य युनिट पनि छैनन ।’

जोखिमपूर्ण कार्यमा संलग्न मजदुरहरु कार्यस्थलमा दुर्घटनामा परी चोटपटक लागेमा वा विरामी परेमा उपचार, सुरक्षा वेल्ट, हेल्मेट आदी सुरक्षा उपकरणको प्रयोग र उपलब्धता तथा दुघंटनाहुँदा तत्काल उद्धार गर्ने पद्धतिका बारेमा आईतवार सरोकारवालासँगको छलफलमा मदजुर र कर्मचारीको श्वास्थ्य र सुरक्षामा आयोजना तथा ठेकदार कम्पनीहरु उदासिन भेटिएको हो ।

जिल्लाको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा निर्माणाधिन ६२ मेगावाट क्षमताको निलगिरी जलविधुत आयोजनामा कार्यरत मजदुरको भीरबाट खसेर मृत्यु भएपछि प्रशासन कार्यालयले विभिन्न आयोजनालाई बोलाई कार्यस्थलमा अपनाईएका श्वास्थ्य र सुरक्षा योजना र मापदण्ड बारे छलफल गरेको थियो ।

‘सेफ्टी वेल्ट, टोपी लगाएत सुरक्षा उपकरण अनिवार्य लगाउनु पर्ने नियम छ । कार्यस्थल मै श्वास्थ्यकर्मी राख्ने कुरा ब्यवहारिक नहुनेहुँदा चोटपटक लाग्दा वा विरामी हुँदा नजिकको श्वास्थ्य केन्द्र वा अस्पताल पुर्‍याउने गरेका छौं’ मिस्त्रीखोला जलविधुत आयोजनाका कन्ट्रक्सन मेनेजर चुडामणी निरौलाले भने, ‘मजदुरहरुले हेलचेक्र्याई गर्दा धेरै घट्ना भएका छन । जोखिमपूर्ण कार्यभएकोले दुर्घटना हुन्छन, हामी सकेसम्म मानवीय क्षति नहोस भन्ने कुरामा सचेत छौं ।’

सडक, विधुत आयोजना मात्र होईन अन्य योजनाका ठेकदार पनि कार्यस्थलमा भएका दुर्घटना वा घट्नापछि पीडितलाई राहत उपलब्ध गराउन तत्परता देखाउने भन्दा प्रहरी प्रशासनको सम्पर्कमा आउन आनकानी गर्ने गरेको पनि आरोप छ । मजदुरको सुरक्षामा ध्यान नदिने मात्र होईन दुर्घटनामा मृत्यु हुँदा शव घर पुर्‍याउन, किरिया खर्च दिन आयोजना र ठेकदार भाग्ने गरेका गुनासा छन । कति योजना वा निर्माण कम्पनीले मदजुरको जीवन विमा समेत गरेका हुँदैनन ।

विधुत, सडक, भवन समेत सवै खाले निर्माण कार्यमा दुर्घटना न्यूनिकरण तथा सुरक्षा योजना नहुँदा मजदुरले निर्माण स्थलमा दुर्घटना भै घाईते हुँदा उपचार खर्च समेत पाएका छैनन । मजदुरको जीवन तथा श्वास्थ्य विमा नहुँदा निर्माण पक्षले ठग्ने गरेका छन । हालै बेनीको एक निजी विद्यालयको निर्माणमा घाईते मजदुरले उपचार खर्च नपाएको भन्दै प्रशासन कार्यालयमा उजुरी गरेका छन ।

‘दुर्घटनापछि आयोजना वा निर्माण कम्पनी (ठेकदार) प्रहरीको सहयोग माग्नुको सट्टा भाग्ने गरेका छन’ जिल्ला प्रहरी प्रमुख डिएसपी महेन्द्रप्रसाद मरासीनीले भने, ‘जलविधुत आयोजनामा भीरबाट लडेर मृत्यु भएका मजदुरको शव घर रोल्पा पुर्‍याउन ठेकदार सम्पर्कमा आउन नमानेपछि खोजेर ल्याउनु पर्‍यो । बेनीको छुट्टै घट्नामा मजदुरले उपचार खर्च पाउन निवेदन दिएका छन ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल