Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

हिउँ छिचोल्दै यातायात सूचारु

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ५०९ पटक पढिएको
हिउँ छिचोल्दै यातायात सूचारु

बेनीजोमसोम सडकको घाँसाजोमसोम खण्डमा जमेको बाक्लो हिउँ पन्छ्याएपछि शनिवारदेखी यातायात सुचारु भएको छ । थासाङ गाउपालिकाको छाक्ताङ्मा माथीबाट आएको ८० मिटर लामो हिउँपहिरोको थुप्रोमा सडकको मात्र भाग काटेर (बक्स कट) ट्याक खोलेको हो ।

बाक्लो हिउँ छिचोल्दै बस, ट्रक समेतका ठूला यातायात साधन मुस्ताङ्ग सदरमुकाम जोमसोम उक्लेका छन । हिउँले बाटो अवरुद्ध भएपछि मुस्ताङ्गमा रोकिएका बस, ट्रक तल ओर्लेका छन । अझै मोटरसाईकल, जीप समेतका साना सवारी साधनहरु गुड्ने अवस्था छैन ।

खण्ड खण्डमा डोजर चलाएर हिउँ पन्छ्याएपछि शनिवारदेखी बेनीसडकमा यातायात सूचारु भएको छ । हिउँ, हिलो र चिप्लो भएकोले हाल ठूला साधान मात्र चलेका छन, साना सवारी साधन चल्ने अवस्था छैन मुस्ताङ्गका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले भने, ‘म्याग्दीमुस्ताङ्ग सीमावर्ती बाँदरजुँग भीरमा अझै जोखिम छ । मुस्ताङ्गपट्टीको तेस्रोमा पनि माथीबाट हिउँ पग्लेर पहिरो खस्ने जोखिम छ ।

बेनीजोमसोम खण्डमा बाहेक मुस्ताङ्गका अन्य सडकमा अझै बाक्लो हिउँ जमेकोले सवारी चल्ने अवस्था छैन । बेनीजोमसोम सडक जिल्ला सदरमुकाम जोड्ने मुख्य सडक भएकोले प्राथमिकतामा राखेर हिउँ पन्छ्याईएको हो । सडक सुचारु भएपनि यातायातका साधन चलाउन भने असहज नै छ । बेनी जोमसोम सडक खुलेर यातायात संञ्चालन भएपनि यात्रु भने न्यून मात्र घर बाहिर निक्लेका छन ।

जोमसोमदेखी माथी भर्खरै सवारी चलाउन मिल्ने सडक छैन । मुक्तिनाथ पुग्छु वा लोमन्थ्याङ् पुग्न हतारो नगर्न हामी सवैलाई अनुरोध गरेका छौं मुस्ताङ्गका प्रहरी प्रमुख डिएसपी महेन्द्र खड्काले भने, ‘शुक्रवार एक दिन मौषम सफा भएपनि शनिवार विहानै देखी मौषम खराव भएको छ, कुनै क्षण हिउँ खस्ने अवस्था छ । चिसो र तिव्र वेगको हुरी चलिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल