- Loading...
बेनी––कोरला सडकमा पुल निर्माण झन सुस्त
- पुनहिल डट कम
- ५ साल अघि
- ३३९ पटक पढिएको
कालीगण्डकी कोरिडोर अर्न्तगत बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर सडकको विभिन्न नदी तथा खोलामा ३२ वटा पक्की मोटररेवल पुल बन्ने भएका छन ।
०७७ असारसम्म बेनी–जोमसोम–कोरला सडकमा सहज यातायात सुचारु गर्ने आयोजनाले दावि गरेपनि अधिकांश पुलको अझै डिजाईन गर्ने र ठेक्का लगाउने प्रकृया सुरु भएको छैन ।
बेनी–जोमसोम–कोरला सडकमा निर्माण हुने ३२ पक्की पुल मध्य मुस्ताङ्ग सदरमुकाम जोमसोम र चैलेमा गरी कालीगण्डकी नदीमाथी २ वटा मात्र पुल निर्माण भएका छन । बाँकी ३० वटा मध्य निर्माणाधिन १४ वटा पुलको गति पनि सुस्त छ । बाँकी १६ वटा पुलको अझै डिजाईन गर्ने र ठेक्का प्रकृया पनि सुरु भएको छैन ।
‘बेनी–जोमसोम–कोरला सडकमा निर्माणहुने ३२ पुलमध्य २ वटा निर्माण भएका छन । १४ निर्माणाधिन र बाँकी १६ पुलको डिजाईन चरणमा छन’ आयोजनाका इन्जिनयर जगत प्रजापतिले भने, ‘कालीगण्डकी नदीबाहेकका साना खोलामा हामी पुल तथा कल्भर्टको काम गर्दैछौं । बेगखोला बाहेक अन्यत्र अस्थाई भएपनि पुल छन । तर बेगखेलामा पुल नहुँदा वर्खाका समयमा यातायात नियमित नहुन सक्छ ।’
सडक आयोजना एउटा भएपनि पुल निर्माणमा भने तीन छुट्टाछुट्टै आयोजनाले होडबाजी गरिरहेका छन । ३२ पक्की पुल मध्य डोलिडार, सडक विभागकै पुल आयोजना सेक्टर ३ पाल्पा र कालीगण्डकी करिडोर सडक आयोजना विच पुल आ–आफुले निर्माण गर्न हानथाप गरेका छन ।