आज:  | Thu, 30, Jun, 2022

भीरबाट लडेर युवकको मृत्यु

१७ फाल्गुन २०७५, शुक्रबार १२:३८ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
भीरमा घाँस काट्ने क्रममा लडेर यहाँका एक युवाको मृत्यु भएको छ ।अन्नपूर्ण गाउँपालिका, ३ दानका १७ बर्षिय गणेश रसाईली विहिवार दिउँसो सुकेवगर माथीको भीरमा घाँस काट्नेक्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । भीरबाट लडेर घाईते अवस्थामा फेला परेका रसाईलीको उपचारकालागी बेनी पुर्‍याउँदा डाक्टरले मृत्यु घोषणा गरेका थिए ।‘घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएका युवाको जिल्ला अस्पतालमा पोष्ट मार्टमगरी परिवारले दाहसंस्कार गरेका छन’ प्रहरी निरिक्षक लोकबहादुर गुरुङ्गले भने, ‘मृतकका आफन्तले भीरबाट लडेर मृत्यु भएको जाहेरी दिएका छन । अन्य कारण बारे अनुसन्धान भैरहेको छ ।’