FLASH NEWS
  • Loading...

विप्लव समुहका तीन कार्यकर्ता पक्राउ

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २९३ पटक पढिएको
विप्लव समुहका तीन कार्यकर्ता पक्राउ

प्रहरीले नेक्रवित्रम चन्द ‘विप्लव’ समुहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ । मालिका, ६ रुम घर भएका विप्लव समुहका कार्यकर्ता एवं शिक्षक संगठनका जिल्ला अध्यक्ष थमबहादुर पुन, सक्रिय सदस्यहरु मालिका, ३ रुमकै जगत पुनर मालिका, दरवाङ्गका रमेश पुन पक्राउ परेका हुन । रमेश विप्लव समुहका युवक संगठनका नेता हुन ।

नेकपाका जिल्ला सेक्रेटरी गमबहादुर श्रीष मगरले फेसवुक स्टाटस लेखी आफ्ना कार्यकर्ता रुमका थमबहादुर पुन, रमेश पुन र गजत पुन पक्राउ परेको पुष्टी गर्दै विना सर्त रिहा गर्न  भनेका छन ।

त्यसैविच भारतिय शसस्त्र प्रहरी वल (एसएसवी)ले मालिका गाउँपालिका, ६ रुमका चरण रोकालाई ठूलो मात्रामा विष्फोटक पदार्थसहित सिलगुढीको पानीट्याङ्ढीबाट पक्राउ गरेको छ । भारतीय संञ्चारमाध्यममा विजनेस स्ट्याण्डर्स डट कममा प्रकाशित समाचार अनुसार रोकाको साथबाट प्रहरीले २ सय ५ प्याकेट विष्फोटक पदार्थको सेल, ३ सय ५५ वटा विधुतीय डेटोनेटर, २ थान मोवाईल समेत सीमकार्ड वरामद गरेको छ । तर रोकाले कुन समुह वा प्रयोजनकालागी यति ठूलो परिणामको विष्फोटक पदार्थ बोकेका हुन खुलेको छैन ।

‘भारतीय प्रहरीले दिएको विवरणका आधारमा हामीले चरण रोका मगरको राजनैतिक तथा अन्य संलग्नता बारे अनुसन्धान गरिरहेका छौं । विष्फोटक पदार्थ कुन प्रयोजनकालागी वोकेका हुन खुलेको छैन’ जिल्ला प्रहरी प्रमुख डिएसपी महेन्द्र मरासिनीले भने, ‘विप्लव समुहको निगरानी तिब्र पारिएको छ ।’