FLASH NEWS
  • Loading...

माउण्ट वोर्डिङ महारानीथान स्थानन्त्रण

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३२२ पटक पढिएको
माउण्ट वोर्डिङ महारानीथान स्थानन्त्रण

बेनी नगरपालिका, ८ हिलसाईडमा रहेको माउण्ट एभरेष्ट आवसिय माध्यामिक विद्यालय सोमबारदेखी बेनी नपा, ७ कुरिलाखर्क स्थित महारानीथान छेउ नयाँ भवनमा स्थानन्त्रण भएको छ ।

विद्यालयको प्राईमेरी लेवल १–५ कक्षा भने आगामी एक शैक्षिक सत्र साविक बेनीको शिक्षा मार्ग स्थित पुरानै भवनमा संञ्चालन गरिने विद्यालयले जनाएको छ । विद्यालयको पहिलो चरणमा ६ देखी १२ कक्षासम्म मात्र स्थानन्त्रण गरिएको हो । दोस्रो चरणमा छात्र तथा छात्रा होस्टेल र अर्को वर्ष प्राईमेरी लेवल १–५ कक्षालाई पनि महारानी थानमा नै स्थानन्त्रण गरिने संञ्चालक मध्यका एक सुविन श्रेष्ठले बताए ।

चन्द्र, सुरत र राजु केसी परिवारको स्वामित्वमा संञ्चालित जिल्लाको स्थापित बोर्डिङ स्कुलमध्य एक माउण्ट एभरेष्ट आमावि एक बर्ष अघि देखी बेनीका थप ७ जना घरानिया लगानीकर्ता जोडिएपछि नयाँ ब्यवस्थापनमा संञ्चालन भैरहेको छ ।

नयाँ ब्यवस्थान सुरु भएपछि हिलसाईडको विद्यालय भवन पुरानो र साँघुरो भएको भन्दै फराकिलो तथा ब्यवस्थित भवनमा स्थानन्त्रण गरिएको हो । नयाँ विद्यालय भवन आधुनिक पूर्वाधारयुक्त रहने दावि गरिएको छ । नवनिर्मित विद्यालय भवन र पूर्वाधार निर्माणमा २५ करोड खर्च गरिएको विद्यालय संञ्चालक समितिले जनाएको छ ।