आज:  | Fri, 01, Jul, 2022

म्याग्दी मगर संघमा डकमायाँ पाईजा

१६ फाल्गुन २०७५, बिहीबार ०६:०१ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
मगर संघ म्याग्दीको सातौ जिल्ला अधिवेशनबाट अध्यक्षमा डकमायाँ पाईजा निर्विरोध निर्वाचित भएकी छिन । पाईजा लामो कार्यकालदेखी मगर संघमा रही महिला विभाग सम्हाल्दै आएकी अगुवा महिला नेतृ हुन ।बुधवार बेनी स्थित मगर संघको सभाहलमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा लोकेश पुन, सचिवमा खमबहादुर थापा, सहसचिवमा हिराबहादुर पुन र कोषाध्यक्षमा विष्णु रोका निर्वाचित भएका छन । खुल्ला सदस्यमा तिलक पुन, मनकुमार शेरपुन्जा, रेशम फगामी, देवेन्द्र फगामी, हस्तकुमार थापा, सविता गर्वुजा, यामबहादुर रोका, भुनु तिलिजा चयन भए ।त्यसैगरी बेनी नगरपालिकाबाट हिरा पुन, मंगला गाउँपालिकाबाट मिलन रोका, मालिका गाउँपालिकाबाट सुरमन गर्वुजा, धौलागिरी गापाबाट रामदेवी पुन, रघुगंगा गापाबाट अंकित पुन निर्वाचित भएका छन । अन्नपूर्ण गाउँपालिकाबाट रिक्त छ । महिला सदस्यमा टकसरा राना, पुष्पा पुन, लाली थापा, गनमती शेरपुञ्जा, पानकुमारी पुन र रुपना जुग्जाली निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।