- Loading...
राताम्मे गुराँसमा सेताम्मे हिउँ
- पुनहिल डट कम
- ५ साल अघि
- ४०३ पटक पढिएको

जंगलभरी ढकमक्क गुराँस फुलेको छ । ढकमक्क गुराँस फुलेर राताम्मे जंगलमा छपक्कै हिउँले छोप्दा, तेस्रो सौन्दर्य देखिएको छ ।
जिल्लाका माथिल्लो भेगका वस्तीमा बाक्लो हिमपात भैरहेको छ । तेस्रो पटक मंगलवार रातीदेखी हिमपात भैरहेकोले पर्यटकिय वस्ती घोडेपानी समेत उच्च भेगका वस्तीको जनजिवन प्रभावित भएको छ ।
गुराँशले राताम्मे बनेका वन, पाखा बाक्ले हिउँले छोपेको छ । वल्लो पल्लो गाउँ गर्ने बाटा बन्द छन । गाईवस्तु गोठमा थुनिएका छन । चिसो अधिक बढेको छ । राताम्मे भएको गुराँसे जंगल हिउँले छोपेपछि सेताम्मे थुंगा झर्न थालेका छन ।
‘राताम्मे गुराँसको जंगल वेमौषमी हिमपातले सेताम्मे भएको छ । हिउ र गुराँस एकैपटक देख्न पाउँदा रमाईलो भएको छ’ हिस्तानकी कविता पुनले भनिन्, ‘गुराँसका थुँगामा थुप्रिएको सेतो हिउँको दृष्य मनमोहक देखिएको छ ।’
हिमपातले पर्यटकीय क्षेत्र महरे, घोडेपानी/पुनहिल, खोप्रो, गुर्जा लगाएत जिल्लाको अधिकांश वस्तीहरु हिउँले ढपक्कै ढाकिएको छ । हिमपातबाट पर्यटकीय छन्त्याल वस्ती गुर्जा, पर्यटकिय गन्तब्य घोडेपानी लगाएतका वस्ती विच्छेद भएको छ । गुर्जामात्र होईन जिल्लाका माथिल्लो भेगका प्रायः सवै वस्तीका गोरेटो तथा घोरेटो बाटोमा बाक्लो हिउँ जममपछि वल्लो गाउँबाट पल्लो गाउँ पुग्न सक्ने अवस्था छैन ।
तस्वीर सौजन्य ः कविता पुन, हिस्तान

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
