FLASH NEWS
  • Loading...

सरकार संघियताको जग राख्न ब्यस्त ः मन्त्री थापा

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४५४ पटक पढिएको
सरकार संघियताको जग राख्न ब्यस्त ः मन्त्री थापा

महिला, वालबालिका तथा जेष्ठ नागरिक मन्दी थममायाँ थापाले सरकार संघियता कायान्वयनकोलागी जग राख्न खटिरहेको बताएकी छिन ।

‘सरकार संघियताको कार्यान्वयन प्रभावकारी बनाउन आवश्यक निती, नियम र कानुन निर्माण, कर्मचारी समायोजन समेतका नितीगत संरचना निर्माणमा जुटेको छ’ मन्त्री थापाले भनिन्, ‘संघियता हाम्रो नयाँ अभ्यास भएकोले सरकारको काम जग राख्नमै वितेको छ । फाउण्डेसन पुरा भएपछि वल्न संघियताको स्वरुप देखिने छ ।’

जिल्ला समवन्यय समिति म्याग्दीको विशेष जिल्ला सभा उद्घाटन गर्न बेनी आएकी मन्त्री थापाले कर्मचारी समायोजन, आवश्यक ऐन, कानुनहरु निर्माणको अन्तिम चरणमा रहेकोले आगामी बर्षबाट मुलुकले देखिने गरी विकास र समृद्धिको यात्रामा निक्लने दावि गरेकी हुन । ‘सरकार २३ वटा विधेयक संसदमा दर्ता भएको र १ सय ६५ वटा पुराना कानुनलाई संसोधनकालागी संसदमा पेश गरेको छ । यी कानुन बनेपछि देशले संघियता कार्यान्वयनको गति लिन्छ ।’ मन्त्री थापाले थपिन् ।

साविक जिल्ला विकास समितिका विभिन्न खातामा रहेको रकम संघिय सरकारले बन्द गरेकोमा हालै जिल्ला समवन्यय समितिले नै विभिन्न क्षेत्रमा काम गर्नेगरी रकम खर्च गर्न अख्तियारी दिएकोले कानुनी प्रकृया अनुसार जिल्ला सभाबाट अनुमोदन गर्न विशेष जिल्ला सभा आयोजाना गरिएको हो । जिल्ला समवन्यय समितिको खातामा पर्यटन, जलविधुत समेतका ७ करोडबढी बजेट रहेको छ ।

‘निस्कृय गराईएको बैंक खाता र रकमलाई जिल्लाको विकासमा सकृय बनाउन तथा नियमानुनासर जिल्लाका सरोकारवाला कार्यालय तथा स्थानीय सरकारका चौमासिक प्रगति समिक्षा गर्नु पर्ने भएकोले जोडेर कार्यक्रम आयोजना गरिएको हो’ जिसस प्रमुख देवेन्द्रबहादुर केसीले भने, ‘समिक्षा कार्यक्रम भएपनि स्थानीय नगर/गाउँपालिकाले अपेक्षित चासो देखाएनन ।’

विशेष जिल्ला सभामा गण्डकी प्रदेशका सांसद विनोद केसी, पूर्व सभासद नवराज पौडेल, पूर्वसभासद गोविन्द पौडेल, नेकपाका हरीकृष्ण गौतम, काँग्रेस उपसभापति माधव रेग्मी, बेनी नगरपालिका प्रमुख हरकिुमार श्रेष्ठ, सहायक प्रजिअ लिलादेवी अर्याल र नेपाल पत्रकार महाँसघका अध्यक्ष तारानाथ शर्माले शुभकामना मन्तब्य राखे ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल