आज:  | Sat, 25, Jun, 2022

मगर संघ म्याग्दीको सातौं अधिवेशन सुरु

१५ फाल्गुन २०७५, बुधबार १२:२६ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
मगर संघ म्याग्दीको सातौ जिल्ला अधिवेशन बुधवारदेखी बेनीमा सुरु भएको छ ।३७ औं मगर दिवसको अवसर पारेर आयोजना गरिएको अधिवेशनको नेपाल सरकारका महिला, वालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममायाँ थापाले उद्घाटन गरिन । दर्के पानीमा भिज्दै जातिय भेषभुषामा सजिएका मगर समुदायले झाँकी सहित बजार परिक्रमा सहित अस्पताल चोक नजिकको मगर संघ हलमा पुगी सभामा परिणत भएको थियो ।‘गण्डकी प्रदेशको पश्चिम भेगमा बस्ने हामी खामभाषी मगर समुदाय शासकको दमनमा पर्दा अवसरबाट मात्र बन्चित भएनौं, भाषा समेत गुमाएका छौं’ मन्त्री थापाले भनिन, ‘हामी अध्ययनमा भन्दा मेलाजात्रा र लाहुरमा भुलेका कारण राजनिती र कर्मचारी प्रशासनमा पहुँच विहिन छौं । राजनैतिक अधिकारको आन्दोलन सकिएकोले अव आर्थिक, सामाजिक र सांस्कृतिक आन्दोलनलाई उठाउनु आवश्यक छ ।’संघको उद्घाटन कार्यक्रममा जिल्लाका विभिन्न जातिय संघ/संगठन, राजनैतिक दल, सामाजिक अगुवा र विभिन्न जिम्मेवारीमा रहेका मगर अगुवाले शुभकामना ब्यक्ति गरे ।मगर जातिमा मुख्य तिन सम्प्रदायहरु ढुट भाषी मगर (१२ मगरात), काईके भाषी मगर (तराली) र खाम भाषी मगर (१८ मगरात) मध्य म्याग्दीमा पुन, तिलिजा, खोरजा, गर्वुजा, पाईजा, शेरपुजा, थापा, राना लगाएतका उपथरका मगरको ४० प्रतिशत बसोबास छ ।