- Loading...
दुर्घटनामा निलगिरी हाईड्रो मजदुरको मृत्यु
- पुनहिल डट कम
- ६ साल अघि
- ४२२ पटक पढिएको

अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ्गमा निर्माणाधिन ६२ मेगावाट क्षमताको निलगिरी जलविधुत आयोजनामा कार्यरत एक जना मदजुरको भीरबाट खस्दा घट्नास्थलमै मृत्यु भएको छ ।
पहरामा विष्फोटनकालागी होल खन्ने क्रममा लडेर शनिवार सुनछहारी गाउँपालिका, ३ गाम रोल्पाका २० बर्षिय तिलक घर्ती मगरको मृत्यु भएको हो । घलेम्दी र मिस्त्रीखोलाको दोभादनबाट निलगिरी जलविधुत आयोजनाको मुहान तर्फ निर्माणाधिन प्रवेश मार्गमा विष्फोटनकालागी होल खोल्ने क्रममा निलगिरी खोलामा खसेको प्रहरीले जनाएको छ ।
अक्करे भिरमा कार्यरत मजदुरको सुरक्षामा सेफ्टी वेल्ट जस्ता आधारभुत सुरक्षा सावधानी नअपनाउँदा मजदुरको मुत्यु भएको प्रहरीले बताएको छ । दुर्घटना स्थमा केही महिना अघि सडक खन्नेक्रममा डोजर खस्दा एक मजदुरको पनि मृत्यु भएको थियो ।
‘मृतकको पोष्टमार्टम गरी शव आफन्तलाई बुझाउन मृतकको घरमा खवर पठाइएको छ’ जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी लोकबहादुर गुरुङ्गले भने, ‘निर्माणस्थलमा प्रयाप्त सावधानी नअपनाउँदा दुर्घटना भएको देखिन्छ । मृतकलाई किरिया खर्च र विमा समेतका सुविधा उपलब्ध गराउन आयोजनाका ठेकदारलाई झिकाएका छौं ।’
अन्नपूर्ण र निलगिरी हिमालको वेश क्याम्प मार्गमा ६२ मेगावाट क्षमताको निलगिरी क्यास्केट र छुट्टै ३८ मेगावाट क्षमताको निलगिरी दोस्रो जलविधुत आयोजना निर्माण गर्न प्रवेश मार्ग निर्माण भैरहेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
