- Loading...
रघुगंगा राष्ट्रपति शिल्ड रघुगंगा माविको पोल्टामा
- पुनहिल डट कम
- ६ साल अघि
- २३० पटक पढिएको

प्रथम रघुगंगा गाउँपालिका स्तरिय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड रघुगंगा माध्यामिक विद्यालय पिप्लेको पोल्टामा गएको छ ।
भलिबल र एथलेटिक्स खेलको २४ वटा बिधाका प्रतिर्स्प्धामा १० स्वर्ण, ५ रजत र ४ कास्यपदक सहित रघुगंगा माविले शिल्ड उचालेको हो । ६ स्वर्ण, ४ रजत र ४ कास्य पदकसहित मुक्तिधाम माविले दोस्रो स्थानमा चित्त बुझायो । महेन्द्र मावि झिंले ३ स्वर्ण, २ रजत र ६ कास्यपदकले पछ्याउँदै तेस्रो स्थामा पुग्यो ।
प्रतिस्पर्धाका उत्कृष्ट पुरस्कृत रघुगंगा माविका रुविना कार्कीले २ ब्यक्तिगत तथा २ सामुहिक सहित ४ स्वर्ण, २ रजत र तोपन्द्र मल्लले २ स्वर्ण, २ रजत र १ कास्य पदक हात पारी शिल्ड उचाल्न योगदान पुर्याए । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयले शिल्ड, पदक र प्रमाणपक्र बाहेक त्रमश ः ३०, २०, १० हजार नगद पुरस्कार पनि जिते । गाउँपालिका प्रमुख भवबहादुर भण्डारी अक्षय कोषले उत्कृष्ट छात्रा/छात्रलाई जनही ५ हजार ५ सय, विद्यालयलाई १० हजार, रघुगंगा गापा, ५ झिंका वडाध्यक्ष मनप्रसाद शेरपुञ्जा, स्थानिय मनप्रसाद पाईजाले विजेता विद्यालयलाई क्रमश ५, ३ र २ हजार तथा रत्नवीर थजालीले ३, २ र १ हजार नगत पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा एथलेटिक्स छात्रा/छात्र दुर्व तर्फ रघुगंगा मावि पहिलो, मुक्तिधान दोस्रो भए । त्यसैगरी छात्र भलिवलमा मुक्तिधाम मावि भगवती पहिलो, ज्ञानोदय मावि मौवाफाँट दोस्रो र रघुगंगा मावि तेस्रो भए । छात्रा भलिवल तर्फ अमर मावि चिमखोला पहिलो, रितुङ मावि घासीखर्क दोस्रो र अमरमावि पाखापानी तेस्रो भए । छात्र/छात्रा भलिबल र एथलेटिक्समा प्रथम, दृतीय र तृतीय हुने विद्यालयलाई ८ हजार, ६ हजार र ४ हजार पुरस्कार तथा एथलेटिक्सको प्रत्येक बिधामा प्रथम, दृतीय र तृतीय हुनेलाई प्रत्येक खेलाडीलाई नगद पाँच सय, तीन सय र दुई सय रुपैयाँ नगद गाउँपालिका प्रमुख भववहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा र प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले प्रदान गरे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
