- Loading...
गौतमलाई पत्रकारिता पुरस्कार
- पुनहिल डट कम
- ६ साल अघि
- ४९० पटक पढिएको

म्याग्दीमा कृषीमा आधारित पर्यटन क्षेत्रको विकासमा योगदान पु¥याए वापत पत्रकार सन्तोष गौतम के.डी वर्ष पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानीत भएका छन ।
मंगला गाउँपालिका, २ सिमलचौरमा रहेको के.डी कटेज प्रा.लीले तेस्रो वार्षिक उत्सवको अवसरमा गौतमलाई ११ हजार १११ रुपैयाँ राशीको पुरस्कार सहित दोसल्ला ओढाएर सम्मान गरेको हो । कटेजले पत्रकारिता बृद्धी कोषबाट गत वर्ष कान्तिपुरका घनश्याम खड्कालाई नगदसहित सम्मान गरेको थियो ।
कटेजले अन्नपूर्ण पोष्ट्का पूर्व म्याग्दी सम्बाददाता गोपाल छन्त्याललाई कदरपत्र, बेनी अनलाइनका हरिकृष्ण गौतमलाई प्रशंसापत्र र दोसल्लाले सम्मान गरेको छ । मंगला गाउँपालिका प्रमुख सतप्रसाद रोकाले पुरस्कार एवं कदर पत्रले सम्मान गरे । कृषिमा आधारित पर्यटन र होटल ब्यवसाय गर्ने उद्देश्यले तीन वर्षअघि स्थापीत उक्त कटेजले प्रत्येक वार्षिक उत्सवको अवसरमा गत वर्षदेखि एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।
प्राकृतिक तातोपानी कुण्ड, टोड्के, गुरील्ला, धौलागिरि चक्रीय पदमार्ग र ढोरपाटन भ्रमणमा जाने आन्तरीक तथा बाह्य पर्यटकलाई लक्षित गरेर ५० लाख रुपैयाँको लागतमा कटेज सञ्चालन गरिएको छ । यसअघि बाह् जना क्षमत्ताको होमस्टे सञ्चालन गरेको कटेजले यस वर्षदेखि सभाहल र सुबिधायुक्त कोठा सहितको डाइनिङ हल बनाएको छ ।
उक्त कटेजमा म्याग्दी खोलाको असला र कटेज परिसरमा पालीएका माछा, गौरीया, गुडुरा धानको चामलको भात, प्राङ्गारीक प्रबिधिबाट उत्पादन गरिएको तरकारी, लोकल कुखुरा, खसीको परिकारको बिक्रीका साथै होमस्टे सुबिधा रहेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
