- Loading...
कोरियालीले डाँडाखेतमा बनाए विद्यालय भवन
- पुनहिल डट कम
- ६ साल अघि
- ४४९ पटक पढिएको

आगोलागीबाट ध्वस्त भएको यहाँ स्थित एक आधारभुत तहको विद्यालय भवन दक्षिण कोरियाको एक संस्थाले निर्माण गरिदिएको छ ।
दुई बर्ष अघि आगोलागीबाट पूर्ण ध्वस्त भएको बेनी नगरपालिका, ४ डाँडाखेत स्थित १–८ कक्षा संञ्चालित वालमन्दीर आधारभुत विद्यायलयको १० कोठे पक्की आरसिसि विद्यालय भवन‘ग्लोवल एजुकेसन फर अल फाउण्डेसन रिपब्लिक अफ साउथ कोरिया’ले निर्माण गरेको हो । भवन बनाउनसंस्थाले ४० लाख खर्च गरेको छ । भवनको फिनिसिङ र रङ्गरोगनको काम बाँकी भएकोले थप रकम आउन बाँकी छ ।
‘संस्थाले १० कोठे विद्यालयको पक्की भवन बनाउँछौं भनेपछि हामीले काम गर्दै गएका छौं, निर्माणको आधारमा संस्थाले ४० लाख रकम पठाएको छ । कति खर्च पठाउने भन्ने सम्झौता भएको छैन’ प्रधानअध्यापक रामप्रसाद शर्माले भने, ‘विद्यालय भवन संरचना बनेपनि अन्य भौतिक पूर्वाधार जुटाउन समस्या भएको छ ।’
विद्यालय भवन निर्माण गर्न विदेशमा रहेका स्थानीयहरुले पनि छुट्टै ३५ लाख सहयोग गरेका छन । बेनी नगरपालिकाले २६ लाख ५८ हजारबढी रकम अनुदान आएको छ । विद्यालयले नयाँ भवन निर्माण गर्न थप जग्गा खरिद गर्न २२ लाख बढी खर्च गरेको र विद्यार्थी अनुपात आँकलन नगरी भवनमा कक्षा कोठा डिजाईन गरिएकोले लागत बढेको विद्यालयले जनाएको छ ।
त्यसैविच म्याग्दी प्रवासी नेपाली संघ (मोना) युके र सयपत्री नेपाली कल्चर ग्रुप युकेले छुट्टै पठाएको एक लाख २५ हजार मोनाका सल्लाहकार शुवास श्रेष्ठले शुक्रवार विद्यालयलाई हस्तान्त्रण गरे
‘नयाँ भवन निर्माण भएपछि उच्च मावि र मावि तहलाई छुट्टाछुट्टै बनाएर अध्यापन गराउन र विद्यार्थीलाई फराकिलो कक्षा कोठामा बसेर पढ्न सजिलो भएको छ’ प्रअ शर्माले भने, ‘भवन त बन्यो सोही अनुरुपको शैक्षिक वातावरण बनाउन चुनौति थपिएको छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
