- Loading...
रघुगंगा गाउँपालिमा राष्ट्रपति शिल्ड सुरु
- पुनहिल डट कम
- ६ साल अघि
- ३४० पटक पढिएको

म्याग्दीको रघुगंगा गाउँपालिका स्तरिय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड शुक्रवारदेखी झिं स्थित महेन्द्र माध्यामिक विद्यालयमा सुरु भएको छ ।
विद्यालय तहको खेल महोत्सव मानिएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले उद्घाटन गरे ।
प्रतियोगिता सफलताको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, सामाजिक विकास समितिका संयोजक एवं २ नम्बर वडाध्यक्ष जिवनकुमार मल्ल, काँग्रेसका जिल्ला नेता केवी भण्डारी, जिल्ला खेलकुद विकास समितिका सदस्य सुदिप मल्लले शुभकामना दिए । प्रतियोगिता उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत रमेश थापाको स्वागत मन्तब्य र शिक्षा शाखाका संयोजक बालकृष्ण उपाध्यायको सञ्चालन गरेका थिए ।
भलिबल र एथलेटिक्स खेलको २४ वटा बिधामा प्रतिस्प्र्धा हुने प्रतियोगितामा ९ वटा माध्यमिक र १ वटा आधारभुत विद्यालयले सहभागिता छ । ८०० मिटर दौडको उद्घाटन खेलको छात्र एवं छात्रा दुवै तर्फ रघुगंगा मावि पहिलो भएको छ । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता, उपबिजेता र तृतीय हुने विद्यालयलाई रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित तीस हजार, बीस हजार र दश हजार रुपैयाँ पुरस्कार ब्यवस्था छ । छात्र÷छात्रा भलिबल र एथलेटिक्समा प्रथम, दृतीय र तृतीय हुने विद्यालयलाई ८ हजार, छ हजार र चार हजार पुरस्कार छ । एथलेटिक्सको प्रत्येक बिधामा प्रथम, दृतीय र तृतीय हुनेलाई प्रत्येक खेलाडीलाई नगद पाँच सय, तीन सय र दुई सय रुपैयाँका दरले पुरस्कृत गरिने गाउँपालिकाले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
