आज:  | Sat, 02, Jul, 2022

बुद्ध एकेडेमीले मनायो १३ औं बार्षिकोत्सव

१० फाल्गुन २०७५, शुक्रबार १४:४९ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता

बेनी नगरपालिका, २ बगरफाँट स्थित बुद्ध एकेडेमीले आफ्नो १३ र्औ बार्षिकोत्सव तथा अभिझावक दिवस विविध कार्यक्रमगरी मनाएको छ ।

विद्यालयले शुत्रवार १३ औं बार्षिकोत्सव तथा अभिभावक दिवस अवसरमा आयोजित विभिन्न शिक्षक, अभिभावक र विद्यार्थीहरुका छुट्टाछुट्टै खेलकुद प्रतियोगिताका विजयी एवं विद्यालयका विभिन्न आन्तरिक प्रतियोगिताका विजयी विद्यार्थीलाई एक समारोह विच पुरस्कार वितरण गरियो ।

अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रमको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले उदुघाटन गरे । विद्यालय संञ्चालक समितिका अध्यक्ष रुद्र गुरुङ्गको अध्यक्ष्यतामा संञ्चालित कार्यक्रममा सहभागी अभिभावक एवं विद्यार्थीलाई प्रिन्सिपल ध्रुवसागर शर्माले स्वागत तथा विद्यालयका निर्देशक राजकुमार थापाले विद्यालयको विविध पक्षमा चर्चा गरे ।

स्थानीय समाजिक अगुवा मीनबहादुर कार्की, प्याब्सन उपाध्यक्ष हिरा पुन र प्रमुख अतिथि प्रजिअ लिलाधर अधिकारीले विद्यालयको प्रशंसा गर्दै प्रगतीको शुझकामना ब्यक्ति गरे । कार्यत्रममा अभिभावक तथा विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रर्दशन गर ।