- Loading...
फोहोरमा पैसा टिप्दै ब्यवसायी
- पुनहिल डट कम
- ६ साल अघि
- ६११ पटक पढिएको

फोहोर भन्ने वित्किै नाक खुम्च्याउँछौं हामी । अक्कल भए त्यही फोहोरले प्रशस्त मोहर आर्जन सकिने रहेछ । घर वा पसलबाट दैनिक निक्लेको फोहोर मैला पोको पारेर फाल्ने गर्छौं । तर त्यही फोहोरबाट कसैले आफ्नो अर्थिक अवस्था उकासिरहेका छन ।
म्याग्दी सदरमुकाम बेनीबाट उत्सर्जन हुने फोहोरबाट पोखराको मिसन फर वेष्ट मेनजेजमेन्ट प्रालिले पैसा टिप्न तम्सेको छ । नगरपालिकाको बेनी, गलेश्वर र तातोपानी क्षेत्रबाट उत्सर्जन हुने फोहोर ब्यवस्थापन गरी मोहर आर्जन गर्न पोखरा महाँनगरपालिका, ५ को मिसन फर वेष्ट मेनेजमेन्ट प्रालिसँग सम्झौता भएको हो । सम्झौता अनुसार फोहोरमैला वापत नगरपालिकाले संकलन गर्ने बार्षिक १७ लाखबढी रकम दोस्रो पक्षले दुई किस्तामा पाउने भएका छन ।
फोहोरमैला जिम्मेवारी लिएको मिसन फर वेष्ट मेनेजमेन्ट प्रालिले संकलित फोहोरलाई कुहिने, नकुहिने र अस्पतालजन्य गरी वर्गिकरण गर्नु पर्ने छ । संकलित फोहोरबाट पुनःप्रयोग हुने वस्तु झिकेर, सड्ने वस्तीको कम्पोष्ट मल उतपादन गर्ने र बाँकी वस्तुलाई नगरपालिकाले उपलब्ध गराएको सेतीपहिरो स्थित फोहोर संकलन केन्द्रमा विर्सजन गर्ने छ । फोहोर विर्सजन गर्दा आगो लगाउन नपाईने सम्झौतामा उल्लेख छ ।
‘बेनीको फोहोर वर्गिकरणगरी संकलन गर्ने र ब्यवस्थापन गर्ने जिम्मेवारी निजी क्षेत्रलाई दिएका छौं’ बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘बेनीबाट खेर गैरहेको फोहोरबाट अव मोहोर प्राप्त हुने छ ।’
बेनी नगरपालिका फोहोरमैला ब्यवस्थापन शाखाका अनुसार बेनीबाट दैनिक औधोगीक ३ मेट्रिक टन, स्पताल/श्वास्थ्य निकायहरुबाट दुई टन र घर/पसलबाट ५ टनबढी फोहर उत्सर्जन हुन्छ । दैनिक निक्लने फोहरमध्य रवर, छाला एक प्रतिशत, धातुजन्य २ प्रतिशत, कपडा २ प्रतिशत, सिसाजन्य ३ प्रतिशत, कागज ९ प्रतिशत, प्लास्टिक जन्य ११ प्रतिशत, अन्य ७ प्रतिशत र बाँकी ६५ प्रतिशत वस्तु जैविक फोहरमैला हो ।
सम्झौता अनुसार फोहोर ब्यवस्थापन गर्न नगरपालिकाले प्रयोग गर्दै आएको कम्प्रेसर र ट्याक्टरलाई दोस्रो पक्षले प्रयोग गर्ने छ । फोहोरमैला संकलन गरेवापत कम्पनीले हाल नगरपालिकाले लिईरहेको भन्दा छुट्टै शुल्क लिन पाउने छैन । नगरपालिकाले हाल भुईतले घरको १ सय ५० र थप तल्लाको प्रतितल्ला ५० रुपैयाँको दरले जोडेर शुल्क लिने गरेको छ ।
‘उपयुक्त डम्पिङसाईड फेला नपरेकोले’ भन्दै नगरपालिकाले १५ बर्षदेखी फोहोरमैला कालीगण्डकी नदीमा किनारामा फाल्दै आएको थियो । नयाँ ब्यवस्थापकले पनि सोही कालीगण्डकी नदी किनारामा निर्माण गरिएको संकलन केन्द्रमा पुर्याई बर्गिकरणपछी उपयोग गर्न नमिल्ने वस्तु मात्र विर्सजन गरिने भएकोले प्रदुषण न्यून हुने छ ।
‘अव बेनीको फोहोर पहिला जस्तो नदी किनारामा खुल्ला फालिने छैन । फोहोरमैला संकलन भवन भित्र पुर्याई वर्गिकरणपछि रिसाईकलन गर्ने, कुहिने फोहोर झिकेर बाँकी फोहोर मात्र विर्सजन हुने छ’ बेनपा, ८ का वडाध्यक्ष रामकृष्ण बराईलीले सुनाए ।
फोहरमैला ब्यवस्थापन ऐन ०६८ ले फोहरमैलाको ब्यवस्थापन गर्न, स्थानन्त्रण केन्द्र, ल्याण्डफिल साईट, प्रशोधन प्लान्ट, कम्पोष्ट प्लान्ट, वायोग्याँस प्लान्ट लगाएत फोहरमैलाको संकलन, अन्तिम विर्सजन तथा प्रशोधनकालागी आवश्यक पूर्वाधार एवं संरचनाको निर्माण र संञ्चालन गर्ने जिम्मेवारी स्थानिय तहलाई तोकेको छ । फोहरमैला ब्यवस्थापन ऐन ०६८ ले हानीकारक, स्वास्थ्य संस्थाजन्य फोहरमैला, रसायनिक फोहरमैला, औधोगिक फोहरमैलाको ब्यवस्थापन संवन्धित ब्यक्ति वा संस्थालाई जिम्मेवार बनाएको भएपन बेनी नगरपालिका र मिसन फर वेष्ट मेनेजमेन्ट प्रालि विचको सम्झौतामा रासायनिक तथा विकिरण युक्त हानीकारक फोहोर मैला ब्यवस्थापनका विषयमा केही उल्लेख छैन । फोहरमैला ब्यवस्थापन ऐनको धारा ३८ र ३९ मा यस्ता रासायनिक तथा वैजनिक विकिरण युक्त हानीकारक फोहर ब्यवस्थापनमा लापरबाही गर्ने ब्यक्ति तथा संस्थालाई ५० हजारदेखी ३ महिनासम्म जरिमाना तोकिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
