आज:  | Thu, 30, Jun, 2022

महेन्द्ररत्नले उचाल्यो राष्ट्रपति िशिल्ड

९ फाल्गुन २०७५, बिहीबार १४:४५ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता

मंगला गाउँपालिका स्तरिय प्रथम राष्ट्रपति रनिङशिल्ड महेन्द्ररत्न माध्यामिक विद्यालय बरंजाले उचालेको छ ।

११ स्वर्ण, ६ रजत र ९ कास्य पदक हातपारी महेन्द्ररत्न माविले शिल्ड, मेडल र नगद हात पारेको हो । ७ स्वर्ण, ५ रजत र ३ कास्य सहित डनिङ आवसीय मावि बाबियाचौर र ५ स्वर्ण, २ रजत र ३कास्य सहित दीपशिखा मावि कुहुँले क्रमश दोस्रो र तेस्रो स्थानमा चित्त बुझाए ।

छात्र भलिवलमा शिशुकल्याण मावि पहिलो, मंगला मावि दोस्रो भए । कवड्डी तर्फ छात्रा तर्फ महेन्द्र मावि पहिलो र दोस्रो डनिङ्ग आमावि र छात्र तर्फ शिशुकल्याण पहिलो र मंगला मावि दोस्रो भए । त्यसैगरी एथलेटिक्समा डनिङ पहिलो भयो ।