- Loading...
सिडिओका अङ्गरक्षक वेपत्ता
- पुनहिल डट कम
- ६ साल अघि
- ३२७ पटक पढिएको

म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको सुरक्षा गार्ड प्रहरी हवल्दार हरीबहादुर कुमाल तीन दिनदेखी वेपत्ता छन ।
हवल्दार कुमाल अन्य सहयोगी सहित प्रमुख जिल्ला अधिकारीको ब्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) सुरक्षामा खटिएका थिए । शनिवार दिउँदो विरामी छु भन्दै प्रजिअ आवासमा रहेको पोष्टबाट बाहिरएका कुमाल सम्पर्कमा छैनन ।
‘म शुक्रवारदेखी दुर्गम धौलागिरी गाउँपालिका, ६ मराङमा एकिकृत घुम्ती शिविरमा थिएँ । आलोपालो हुने भएकोले मसँग अर्का पिएसओ थिए । शनिवार राती शिविरबाट फर्कदा पिएसओ वाहिर गएर नफर्केको जानकारी भएन । आईतवार विहान मात्र मैले थाहा पाए’ प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले भने, ‘प्रहरी मार्फत ट्याकिङ भैरहेको छ । घरपरिवार र प्रहरी कार्यालयमा पनि सम्पर्कमा छैनन ।’
जिल्ला प्रहरी कार्यालयले वेपत्ता कुमालको घरपरिवार र संभावित सवै ठाउँमा खोजी भैरहेको जनाएको छ । कुमाल यस अघि बाग्लुङ र गोर्खामा रहँदा पनि अचानक वेपत्ता हुने र फर्कने गरेको प्रहरीले दावि गरेको छ ।
‘हामी खोजीमा छौं । परिवारले पनि उनी वेलावेला सम्पर्क विहिन हुने गरेको र यस अघि कार्यरत रहेको जिल्लामा बुभ्mदा पनि यस्तै ब्यवहार देखाएको जानकारी आएको छ’ प्रहरी प्रमुख डिएसपी वीरबहादुर बुढाले भने, ‘प्रह कुमालको खोजीमा कुनै कसर राखेका छैनौं । कुमाल छिट्टै सम्पर्कमा आउने विश्वास छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
