- Loading...
मालिकामा राष्ट्रपति कप शुरु
- पुनहिल डट कम
- ६ साल अघि
- २९८ पटक पढिएको

मालिका गाउँपालिकामा अन्तर माध्यामिक विद्यालय प्रथम राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता शुक्रवारदेखी शुरु भएको छ ।
प्रथम मालिका गाउँपालिका स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको दरवाङमा गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले एक समारोह विच उद्घाटन गरिन । प्रतियोगिता उद्घाटनमा जिल्ला समवन्यय समितिका अध्यक्ष देवेन्द्र केसी, गाउँपालिका प्रमुख श्रीप्रसाद मगरसमेतले शुभकामना ब्यक्त गरे ।
विद्यालय तहको सवै भन्दा ठूलो खेल प्रतियोगिता मानिएको राष्ट्रपति शिल्ड प्रतियोगितामा छात्र तथा छात्रा तर्फका भलिवल, एथेलेटिक्स र कबड्डी विधाका खेलमा गाउँपालिका अन्र्तगतका ११ माध्यामिक विद्यालय सहभागी रहेका आयोजकले जनाएको छ ।
यस बर्षदेखी स्थानिय गाउँ÷नगरपालिकाबाट जिल्लास्तरिय, प्रदेशहुँदै केन्द्रीय स्तरमा राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता हुने भएकोले गाउँपालिका स्तरमा प्रतियोगिता आयोजना भएका हुन ।
प्रतियोगिता संञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषदले एक लाख, आयोजक गाउँपालिकाले ५ लाख र बाँकी विद्यालयहरुले ब्यहोर्ने भएका छन । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विद्यालयले क्रमश ः रनिङ शिल्ड, मेडल, प्रमाणपत्रसहित ५०, २५ र १५ हजार नगद पुरस्कार पाउने छन । त्यसैगरी विधागत रुपमा भलिवल, एथलेटिक्स र कवड्डीलाई छुट्टै प्रथम, द्धितिय र तृतिय हुने विद्यालयले क्रमश ः१०, ७ र ५ हजार नगर पुरस्कारको ब्यवस्था गरिएको गापा प्रमुख श्रीप्रसाद मगरले जानकारी गराए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
