- Loading...
क्षतिग्रस्त थापाखोला संञ्चालन
- पुनहिल डट कम
- ६ साल अघि
- ४६४ पटक पढिएको

हिमालपारीको मुस्ताङको टुक्चे स्थित १३.६ मेगावाट क्षमताको थापाखोला जलविधुत आयोजनाले ६ महिनापछि पुनः उत्पादन थालेको छ । थापाखोला आयोजनाबाट सेन्ट्रल ग्रिडमा विधुत जोडिएपछि साविक धौलागिरीमा विधुत जाने÷आउने समस्या (ट्रिप) हुन थालेको छ ।
आयोजनाले क्षतिग्रस्त ड्याम संरचना मर्मत, स्तर उन्नत गर्ने, टनेलमा भरिएको गेगर हटाउने, गेट, डिसेन्डर र अपडेटिङ मोटर मर्मत गरी फागुन १ गतेदेखी पुनःउत्पादन थालेको हो । साउन २६ गते टुक्चेपीक र धौलागिरी हिमालबाट झर्ने थापाखोलामा आएको बाढीले आयोजनाको ड्याम साईट र उपकरणमा क्षति पु¥याएपछि उत्पादन बन्द भएको थियो । आयोजनाले ०७४ असोजदेखी उत्पादन थालेको थियो ।
थापाखोलाबाट विधुत उत्पादनसँगै बाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङ्मा वितरित ३३ केभिए र ११ केभिए प्रशारण लाईनमा ‘ट्रिप’ हुने समस्या सुरु भएको छ । पुरानो र जीर्ण कम भार क्षमताको विधुत लाईनमा ठूलो क्षमताको विधुत पठाईएकोले भार थेग्न नसकी ट्रिप (सवस्टेसनमा विधुत काटिने) समस्या सुरु भएको हो ।
‘थापाखोलाले उत्पादन पुनः सूचारुगरी ग्रिडमा पठाएको जानकारी गराएको छ’ नेपाल विधुत प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख नेत्रमणी अधिकारीले भने, ‘थापाखोला ग्रीडमा जोडिएकोले यस क्षेत्रमा वितरित ३३ केभिए विधुतमा ट्रिप समस्या बल्झिएको छ ।’
निजी क्षेत्रको कैलाश हाईड्रोपावरले निर्माण गरेको १३.६ मेवा थापाखोलाको विधुत ३३ केभिए प्रसारण लाईनमा सिङ्क्रोनाईजगरी राष्ट्रिय प्रसारणलाईनमा चार्ज गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ३ दानामा निर्माणाधिन कालीगण्डकी करिडोर २२०÷१३२ केभिए प्रसारण लाईन निर्माण ढिलाई हुँदा थापाखोलाको विधुत ११ केभिए लाईनमा सिङ्क्रोनाईज गरिएको थियो । तल्लो क्षेत्रमा विधुत ट्रिप हुने समस्या भएकोले १३.६ मेगावाट क्षमताको थापाखोलाले पूर्ण क्षमतामा गर्न बाधा परेको छ ।
२२० केभिए कालीगण्डकी करिडोर प्रसारणलाईन समयमा नबन्दा १३.६ मेगावाट क्षमताको थापाखोला मात्र होईन घलेम्दी जलविधुत आयोजनाको ५ मेगावाट विधुत पनि ३३ केभिए वान वे प्रसारण लाईनमा विधुत सिंक्रोनाईज्ड गर्ने तरखरमा छ ।
‘सानो क्षमताको प्रसारण लाईनमा धेरै क्षमताको विधुत जोड्दा विधुतको लोड र फ्रिक्वान्सी अनुसार भार थेग्ने सन्तुलन नमिल्दा हन्टिङ हुने र ट्रीप हुने समस्या आईरहेको हो’ बेनी केन्द्र प्रमुख नेत्रमणी अधिकारीले सुनाए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
