- Loading...
न कार्यालय न जिम्मेवारी, अलपत्र कर्मचारी
- पुनहिल डट कम
- ६ साल अघि
- ५१४ पटक पढिएको

साविक जनश्वास्थ्य कार्यालयका कर्मचारी साउन यता जिम्मेवराी विहिन छन । ०७५ असोजदेखी जिल्ला जनस्वास्थ्य कार्यालय विघटन भएपछि कार्यरत कर्मचारी जिम्मेवारी विहिन मात्र भएका छैनन, तलव समेत पाएका छैनन ।
साविक धौलागिरीका पर्वत, बाग्लुङु, म्याग्दी र मुस्ताङ हेर्ने गरी बाग्लुङमा प्रदेश स्वास्थ्य डिभिजन कार्यालय स्थापनापछि कार्यान्वयन नआउँदै विघटन हुँदा जनस्वास्थ्य तर्फका कर्मचारी अलपत्र छन । साविक जनस्वास्थ्य तर्फका जनस्वास्थ्य निरिक्षक भीम आचार्य, निनियर अहेव भरत आचार्य, क्षयरोग÷कुष्ठरोग सुपरभाईजर मनिष महतो, नायव सुब्बा रामचन्द्र पौडेल, खोप सुपरभाईजर गंगाधर पण्डित असोजदेखी जिम्मेवारी विहीन हुँदा हाँजिर गर्ने थलो छैन । तलव पाएका छैनन ।
‘हामी जनस्वास्थ्य तर्फका कर्मचारी अहिले न कार्यालय न जिम्मेवारीको अवस्थामा छौं । हाँजिर गर्ने ठाउँ र तलप पाउने निकाय पनि फेला पारेका छैनौं’ जनस्वास्थ्य निरिक्षक भीम आचार्यले भने, ‘मेरो त सदरमुकाममा क्लिनिक छ, कार्यालय नहुँदा यता विजी छु, अन्य साथीहरु वितरा परेका छन । जनस्वास्थ्यको अवस्था अस्तब्यस्त बनेको छ ।’
जिल्लाबाट कार्यालय हटेपछि जनस्वास्थ्य तर्फका कर्मचारी मात्र होईन, संञ्चालित खोप कार्यक्रम, क्षयरोग, कुष्टरोग, एचआईभी÷एड्स, सुरक्षित मातृत्व समेतका कार्यक्रम पनि अलपत्र परेका छन । पूर्ण खोपयुक्त जिल्ला घोषणामा रहेको म्याग्दीमा जनस्वास्थ्य हटेपछि जिल्लामा खोप कार्यक्रमको अनुगमन र अभिलेख हुन छोडेको छ । क्षयरोग, कुष्टरोगका विरामी र एचआईभी÷एड्स संक्रमितहरुको अभिलेख राख्ने नियमित औषधी सेवन गरे÷नगरेको नियमन भएको छैन ।
‘जनस्वास्थ्य कार्यालय खारेज भएपछि हामी जिम्मेवारीविहीन छौं । जिम्मेवारी छैन भनेर घर गएर बस्न भएन । बेनी जिल्ला अस्पतालमा जान्छौं । साविक कार्यालयको जिम्मेवारी अनुसार नगर÷गाउँपालिकासँग समवन्यय गरी अभिलेख राख्ने काम गरेका छौं’ क्ष्ँयरोग÷कुष्ठरोग सुपरभाईजर मनिष महतोले भने, ‘कार्यालय र जिम्मेवारी नहुँदा नियमित काम गर्न खोज्यो कसैले नपत्याउने रहेछन । फाल्टु जोकर जस्तै ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
