FLASH NEWS
  • Loading...

क्षतिग्रस्त थापाखोला संञ्चालन

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ५३० पटक पढिएको
क्षतिग्रस्त थापाखोला संञ्चालन

हिमालपारीको मुस्ताङको टुक्चे स्थित १३.६ मेगावाट क्षमताको थापाखोला जलविधुत आयोजनाले ६ महिनापछि पुनः उत्पादन थालेको छ । थापाखोला आयोजनाबाट सेन्ट्रल ग्रिडमा विधुत जोडिएपछि साविक धौलागिरीमा विधुत जाने÷आउने समस्या (ट्रिप) हुन थालेको छ ।

आयोजनाले क्षतिग्रस्त ड्याम संरचना मर्मत, स्तर उन्नत गर्ने, टनेलमा भरिएको गेगर हटाउने, गेट, डिसेन्डर र अपडेटिङ मोटर मर्मत गरी फागुन १ गतेदेखी पुनःउत्पादन थालेको हो । साउन २६ गते टुक्चेपीक र धौलागिरी हिमालबाट झर्ने थापाखोलामा आएको बाढीले आयोजनाको ड्याम साईट र उपकरणमा क्षति पु¥याएपछि उत्पादन बन्द भएको थियो । आयोजनाले ०७४ असोजदेखी उत्पादन थालेको थियो ।

थापाखोलाबाट विधुत उत्पादनसँगै बाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङ्मा वितरित ३३ केभिए र ११ केभिए प्रशारण लाईनमा ट्रिप हुने समस्या सुरु भएको छ । पुरानो र जीर्ण कम भार क्षमताको विधुत लाईनमा ठूलो क्षमताको विधुत पठाईएकोले भार थेग्न नसकी ट्रिप (सवस्टेसनमा विधुत काटिने) समस्या सुरु भएको हो ।

थापाखोलाले उत्पादन पुनः सूचारुगरी ग्रिडमा पठाएको जानकारी गराएको छ नेपाल विधुत प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख नेत्रमणी अधिकारीले भने, ‘थापाखोला ग्रीडमा जोडिएकोले यस क्षेत्रमा वितरित ३३ केभिए विधुतमा ट्रिप समस्या बल्झिएको छ ।

निजी क्षेत्रको कैलाश हाईड्रोपावरले निर्माण गरेको १३.६ मेवा थापाखोलाको विधुत ३३ केभिए प्रसारण लाईनमा सिङ्क्रोनाईजगरी राष्ट्रिय प्रसारणलाईनमा चार्ज गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ३ दानामा निर्माणाधिन कालीगण्डकी करिडोर २२०÷१३२ केभिए प्रसारण लाईन निर्माण ढिलाई हुँदा थापाखोलाको विधुत ११ केभिए लाईनमा सिङ्क्रोनाईज गरिएको थियो । तल्लो क्षेत्रमा विधुत ट्रिप हुने समस्या भएकोले १३.६ मेगावाट क्षमताको थापाखोलाले पूर्ण क्षमतामा गर्न बाधा परेको छ ।

२२० केभिए कालीगण्डकी करिडोर प्रसारणलाईन समयमा नबन्दा १३.६ मेगावाट क्षमताको थापाखोला मात्र होईन घलेम्दी जलविधुत आयोजनाको ५ मेगावाट विधुत पनि ३३ केभिए वान वे प्रसारण लाईनमा विधुत सिंक्रोनाईज्ड गर्ने तरखरमा छ ।

सानो क्षमताको प्रसारण लाईनमा धेरै क्षमताको विधुत जोड्दा विधुतको लोड र फ्रिक्वान्सी अनुसार भार थेग्ने सन्तुलन नमिल्दा हन्टिङ हुने र ट्रीप हुने समस्या आईरहेको हो बेनी केन्द्र प्रमुख नेत्रमणी अधिकारीले सुनाए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल