FLASH NEWS
- Loading...
कालीगण्डकी प्रदुषण विरुद्ध सडक नाकट
- पुनहिल डट कम
- ५ साल अघि
- ४७२ पटक पढिएको
बेनी स्थित लिटिल गार्डेन एकेडेमी कक्षा ७ मा अध्ययनरत विद्यार्थीले बुधबार वातावरण प्रदुषण र बेनी लगायत तटीय क्षेत्रको जोखिमबारे सन्देशमुलक सडक नाटक प्रर्दशन गरे ।
नदी तटिय वस्तीलाई वातावरण प्रदुषणबाट जोगाउने सन्दर्भमा सरोकारवालाको ध्यानाकर्षण गर्न प्ले कार्ड सहित बजार परिक्रमा गरी क्याम्पसचोकमा पुगेर नाटक देखाएका थिए । बेनीबाट संकलित फोहोर कालीगण्डकी नदी तटमा फाल्ने र आगो लगाएर धुँवाले नदी तटिय क्षेत्रमा पारेको असर बारे सरोकारवालालाई सचेत बनाएका थिए ।
अस्मी परियारले संञ्चालन गरेको नाटकले कालीगण्डकी र म्याग्दी नदी किनारमा फोहोर नगर्न र वातावरणीय सरसफाईमा ध्यान आकृष्ट गर्ने प्रयास गरेका थिए ।
प्रतिक्रिया दिनुहोस