आज:  | Tue, 28, Jun, 2022

अन्धगल्छी अव ‘हाईड्रो हव’

२७ माघ २०७५, आईतवार ०९:०२ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता

संसारकै गहिरो गल्छी अव हाईड्रो हव बन्न थालेको छ । अन्धगल्छीबाट बग्ने कालीगण्डकी उर्जा नदी र अन्धगल्छीमा अवस्थित अन्नपूर्ण गाउँपालिका हाईड्रो हव वनेको छ ।

अन्नपूर्ण गाउँपालिका, २ तातोपानी, ३ दाना र ४ मा नारच्याङ अवस्थित धौलागिरी र अन्नपुर्ण हिमश्रृखला विच कालीगण्डकीले बनाएको ६ हजार ९ सय ६७ मीटर गहिरो खोंच नै अन्ध गल्छी हो ।

अन्धगल्छी क्ष्ँेत्रमा बग्ने नदी एवं खोलामा सानाठूला जलविधुत आयोजनाहरुको लर्को लागेको छ । अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा ४२ मेगावाको मिस्त्रीखोला, ६ मेगावाट क्षमताको घलेम्दी खोला र सोही गापा, ६ घारमा १४ मेगावाटको घारखोला गरी कुल ६२ मेगावाट विधुत आयोजना निर्माणाधिन छन ।

अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमै ३८ मेगावाट क्षमताको निलगिरी प्रथम, ६२ मेगावाटको निलगिरी दोस्रो र ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविधुत आयोजनाले छुट्टै प्रवेश मार्ग निर्माण गरिरहेका छन । नारच्याङमै निलगिरी ग्यास्केट २० मेगावाट र कालीगण्डकी गर्ज (१६४ मेवा) पनि निर्माण हुने भएका छन । प्रस्तावित १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्जमा चिनिया कम्पनी युनान सिन्ह्वा वाटर कन्जरभेन्सी एण्ड हाईड्रो इन्भेस्टमेन्ट कम्पनीसँग संयुक्त लगानी गर्ने गरी सम्झौतामा भैसकेको छ ।

त्यसैगरी अन्नपूर्ण गापा, ३ दानामा पर्ने रुप्सेखोला ४ मेवा, मध्य कालीगण्डकी (५० मेवा) र सोही गापा, २ तातोपानीमा अपर कालीगण्डकी (६५ मेवा), वडा ६ घारमा ६४ मेवाको कालीगण्डकी तिप्ल्याङ जलविधुत आयोजना सञ्चालन गर्न विधुत विकास विभागसँग पिपिए भएको छ ।

संसारको सर्वाधिक गहिरो गल्छीमा अवस्थित अन्नपूर्ण गाउँपालिका हाईड्रो हवको रुपमा विकास भैरहेको छ गाउँपालिका प्रमुख डमबहादुर पुनले भने, ‘उज्यालो, सभ्य र लगानी मैत्री छौं, अझै बनाउँछौं ।

कालीगण्डकी र नदी किनाराहुँदै माथि उक्लेको बेनीजोमसोमकोरला सडकले विचबाट चिरा पारेको अन्नपूर्ण गाउँपालिकाले जलविधुत र पर्यटनलाई आप्mनो लाईफ लाईन मान्ने गरेको छ । उज्यालो, सभ्य र लगानी मैत्री वस्ती अन्नपूर्ण गापाको मुख्य उद्देश्य राखेको छ ।

गाउँमा जलविधुत आयोजनाको लर्को लागेपछि सवैभन्दाबढी लाभ अन्नपूर्ण फेदीको नारच्याङ गाउँले पाएको छ । आयोजनासँगै वस्तीबस्तीमा मोटरबाटोले जोडिएका छन । गाउँमा खुलेका सामुदायीक विद्यालयहरुमा शिक्षक दरवन्दी समेत भौतिक पूर्वाधारमा जलविधुत आयोजनाले सहयोग गरेका छन ।

आयोजनाबाट अन्नपूर्ण गापा, ४ नारच्याङका मात्र कम्तीमा तीन सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन । आय आर्जनका धेरै अवसर सृजना भएका छन । बाँझो बारीमा तरकारी र फलफुल फल्न थालेको छ । गिटी, बालुवा, ढुङगा जस्ता स्थानीय सामाग्री यी आयोजनालाई बेचेर वडाले मनग्य आम्दानी गरिरहेको छ । आयोजनामा स्थानियले काम गरेर शेयरमा लगानीको अवसर पाएका छन ।

आयोजना आएपछि सवै वस्ती मोटर बाटोले जोडिएका छन । चन्दा मागेर चलेका विद्यालयमा शिक्षकको तलव र भौतिक पूर्वाधार थपिए । काम गर्न सक्नेलाई दैलो मै रोजगारी खुल्यो । बुद्धी र पाखुरा बेच्न नसक्नेले पनि बारीमा तरकारी उमारेर बेचे । पसल थापेर सामान बेचेका छन जलसरोकार समुह नारच्याङका अध्यक्ष तेजबहादुर गुरुङले भने, ‘हामीले आयोजनालाई सकेसम्म लचिलो भएर सहयोग ग¥यौं, आयोजनाहरुले पनि मन खुलाएर सहयोग गरे ।

जलविधुत आयोजनाको लर्को लागेपछि बाँझो भै बाँदर खेल्ने पाखोवारीले गज्जवको मुअब्जा पाएको छ । मुअब्जा रकमले ब्यवसाय गर्ने अवसर दिएको छ । स्थानीयलाई आयोजनाहरुमा शेयर लगानीमा प्रशस्त अवसर जुटेको छ । केही आयोजनाले त स्थानीयकालागी साधारण शेयर खोलेका पनि छन । स्थानीयले मात्र होईन, अन्नपूर्ण गाउपालिकाले समेत प्रशस्त रोयल्टी पाउने भएको छ ।

जलविधुत आयोजनाको हव बनेपछि लाभ मात्र होईन अन्नपूर्ण गाउँपालिका उच्च बाढीपहिरोको जोखिममा पनि परेको छ । भौगोलिक रुपमा पनि कमजोर भु वटावट रहेका अन्नपूर्णको अन्धगल्छी क्षेत्रमा भैरहेका दर्जनौं आयोजनाले दैनिक गर्ने ठूला विश्फोटनको कम्पन, लापरबाही खनिएका सडकबाट निक्लेको ढु¨ामाटोले बाढी पहिरोको जोखिम थपिएको छ ।

आयोजनाको सुरुङ निर्माणले धेरै पानीका मुल भासिएका पनि छन । मिस्त्रीखोला आयोजनाको सूरुङ खन्नेक्रममा सतहको पानी भासिएको छ । अन्य क्ष्ँेत्रमा पनि यसरी खानेपानीको मुहान सुक्ने जोखिम छ ।

त्यति मात्र होईन अन्धगल्छीको माथी घाँसादेखी तल बेनीसम्मै कालीगण्डकीलाई सुरुङमा बगाउने निकाल्ने सुरुङमा छिराउने हुँदा अन्धगल्छीमा अवस्थित प्रख्यात तातोपानीको मुहान सुक्ने जोखिम बढेको छ । कालीगण्डकी नदीमा पानी बढ्दा तातोपानीको मुहानपनि बढ्ने घट्दा घट्ने तथा नदीमा पानीको सतहसँगै तातोपानीको मुहानपनी तल÷माथी सर्ने हुँदा कालीगण्डकीको पानी सुरुबाट अन्यत्र लगेपछि नदीमा पानी स्वत घट्ने भन्दै स्थानिय चिन्तित पनि छन ।

कालीगण्डकीको पानीलाई जलविधुत आयोजनाहरुले सुरुङबाट अन्यत्र लग्ने हुँदा बेनीजोमसोम सडकका आधा दर्जन तातोपानीका मुलहरु सुक्ने छन । प्राकृतिक श्रोत र सम्पदा नासिने पक्का छ अन्नपूर्ण गापा, २ तातोपानीका सामाजिक कार्यकर्ता श्याम रानाले मगरले भने, ‘यहाँको ढुङुगा माटो र तातोपानीको स्वभाव हामी पुस्तौंदेखी अनुभवगरी बुझेका छौं । अन्धगल्छीको दानादेखी तल तिप्ल्याङसम्मको करिव ६ किमी कालीगण्डकी नदीमा बन्ने जलविधुत आयोजना यस क्षेत्रको पर्यटन नास्ने छ, हामी नाङ्गैभोकै पर्ने छौं ।