- Loading...
हिमपातले वस्ती विच्छेद, जनजीवन कष्टकर, पहिरोले सडक अवरुद्ध
- पुनहिल डट कम
- ६ साल अघि
- ५३५ पटक पढिएको

पर्यटकिय वस्ती घोडेपानी समेत जिल्लाको उच्च हिमाली क्षेत्रका वस्तीहरुमा बाक्लो हिमपातले जनजिवन प्रभावित भएको छ ।
हिमपातले पदमार्ग विच्छेद भै यात्रा संभव नभएपछि पर्यटकहरु अलपत्र परेका छन । बाक्लो हिमपातले अन्नपूर्ण गउँपालिका, ३ दानाको गुईठेमा पहिरो खस्दा बेनी–जोमसोम सडक अवस्द्ध भएको छ ।
हिमपातले पर्यटकीय क्षेत्र महरे, घोडेपानी÷पुनहिल, खोप्रो, गुर्जा लगाएत जिल्लाको अधिकांश वस्तीहरु हिउँले ढपक्कै ढाकिएको छ । हिमपातबाट पर्यटकीय छन्त्याल वस्ती गुर्जा, पर्यटकिय गन्तब्य घोडेपानी लगाएतका वस्ती मानवसम्बन्धबाट विच्छेद भएको छ । गुर्जामात्र होईन जिल्लाका माथिल्लो भेगका प्रायः सवै वस्तीका गोरेटो तथा घोरेटो बाटोमा बाक्लो हिउँ जममपछि वल्लो गाउँबाट पल्लो गाउँ पुग्न सक्ने अवस्था छैन । वस्ती विच्छेद भएका छन ।
‘दुई फिटजति हिउँ परेको छ । बाक्लोहिमपातले पुनहिल आएका पर्यटक रोकिएका छन । पैदलयात्रा पुरै अवरुद्ध छ’ पर्यटन ब्यवसायी मीना गर्वुजाले भनिन्, ‘घोडेपानी वरपरका सवै डाँडाहरु हिउँले ढाकिएकोले हिमाल बनेका छन । पर्यटकहरु यात्रा रोकिएपनि हिउँ खेल्न रमाएका छन ।’
जिल्लाको प्रायः सवै वस्तीमा हिउँ परेको छ । तल्लो वस्तीसम्मै हिउँ झरेको छ । बाक्लो हिमपातले अधिक चिसो बढ्दा बृद्धबृद्धा, बालबालिका र न्यानो कपडा नभएका विपन्नको जनजीवन प्रभावित भएका छन ।
बाक्लो हिमपातपछि जिल्लाका बेनी–घासा, बेनी–दरवाङ र बेनीबाट पोखरा, काठमाण्डौ जोड्ने सडकबाहेक सवै ग्रामिण सडकमा सवारी अवरुद्ध भएको छ । सडकमा बाक्लो हिउँ जमेपछि भिराला पाखामा निर्मित ग्रामिण सडकमा टायर चिप्लने भएकोले सवारी चलाउन नसकिएको हो ।
भेडा गोठलाई सास्ती
खुल्ला आकाशमुनी खुल्ला फाँटमा गोठ राखेर पालिदै आएका फिरन्ते भेडीगोठलाई बेंशी सम्म परेको वाक्ले हिमपातले सास्ती भएको छ । हिमाली चरन क्ष्ँेत्रबाट न्यानो खोज्दै वेंशी फाँटमा झरेका भेडी गोठलाई हिमपातले समस्या बनाएको हो ।
भेडा गोठालाकालागी हिउँदका दिन बढी कष्टकर मानिन्छ । हिउँले वेंशीका चरन क्षेत्रमा समेत ढाकेपछि फिरन्ते भेडालाई मात्र होईन खोरमा पालिने भेडाबाख्रालाई पनि चरन समस्या भएको छ । पाउद्धार, नारच्याङ, दाना, दोवा, बेगखोला, भगवती, चिमखोला, कुईने–मंगले, मल्कवाङ, मुदी, मुना, लुलाङ र गुर्जामा खुल्ला क्ष्ँेत्रमा फिरन्ते शैलीमा भेडा पाल्ने गरिन्छ ।
‘जतासुकै बाक्लो हिउँ छ, हिँड्ने बाटो पनि हिउँले पुरिएको छ । भेडालाई कहाँ कसरी लैजाने समस्या भएको छ । केही दिन हिउँ नपग्ले भेडा गोठमै मर्छन’ गुर्जाका भेडा पालक कृषक भविन्द्र छन्त्यालले भने, ‘बाक्ले हिउँले भकारीको गोठ समेत भत्कायो, गाउँ पुग्ने बाटो छैन ।’
जिल्लाका एक सय ९३ जनाले परम्परागत तरिकाले फिरन्ते शैलीमा भ्याङ्लुङ र बरुवाल जातका १४ हजार भेडा पाल्दै आएका छन । भेडासँगै मिलाएर खुल्ला तरिकाले पालिएका ८ हजार बाख्रा पनि छन ।घर–घरमा पालिने खोरपाला भेडाबाख्राको गणना छैन ।
हिमालपारीको जिल्ला मुस्ताङभर अधिक हिमपात भएको छ । मुस्ताङ जिल्लाभर हिमपात भएकोले नदीबाहेकका सवै भूभागमा बाक्लो हिउँ जमेकोले हिमाल झै बनेको छ । सेताम्मे हिउँले ढाकेका बालुवाका पहाड, बाटो, खेत र घरहरु । विश्व सम्पदा सूचिमा प्रस्तावित ‘माटोको शहर’ मुस्ताङको उपल्लो भेग लोमन्थाङ अहिले बाक्लो हिउँले छोपिएको छ ।
जोमसोम स्थित विमानस्थलको धावन मार्गमा बाक्लो हिउँ जमेकोले पोखरा–जोमसोम उडान पनि अवरुद्ध छ । बेनी–जोमसोम सडकको मुस्ताङ खण्डकको घासा–जोमसोम–मुक्तिनाथ समेत सवै सडक हिउँले ढाकिएकोले सवारी चल्न सक्ने अवस्था छैन ।
‘हिमपातले धनजनको क्षतिको जानकारी आएको छैन । ढोका बाहिर बाक्लो हिउँको थुप्रो लागेको छ, बाहिर निक्लन सक्ने अवस्था छैन’ मुस्ताङका प्रहरी प्रमुख महेन्द्र खड्काले भने, ‘तिव्र गातिको हावासहित हिमपात जारी छ । कुरुवाको भरमा रहेको मुस्ताङको जनजीवन अत्याधिक कष्टकर बनेको छ ।’
डिएसपी खड्काका अनुसार ६ इन्चदेखी २ फिटसम्म बाक्लो हिउँ परेकोले अझै केही दिन विमानस्थलको रन वे खुल्ने संभावना छैन । सडकको अवस्था पनि यही हो । जोमसोमदेखी माथी मुक्तिनाथ जाने सडक केही दिनदेखी बन्द रहेकोमा अव थप केही समय खुल्ने छैन ।
सडक तथा हवाई यातायात अवरुद्ध भएपछि मुस्ताङ भ्रमणमा रहेका बाह्य तथा आन्तरिक पर्यटक विभिन्न स्थानमा रोकिएका प्रहरीले जनाएको छ । सडक तथा हवाई धावनमार्गमा बाक्लो हिउँ थुप्रो लागेकोले मुस्ताङका सवै सडकमा र पोखरा–जोमसोम हवाई यातायात अवरुद्ध छ । बाक्लो हिमपातले वल्लोपल्लो घर गर्न समेत कठिन भएको छ । चिसोले चर्पीको पानी जमेकोले दिसा पिसावमा समेत समस्या छ ।
फोटो स्रोत ः टेकसर बुद्धुजा, मीना गुर्वजा, चित्र पुन (घोडेपानी), महेन्द्र खड्का, केदारसिं थापा (जोमसोम) र प्रदीप पुन (हिस्तान)

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
