FLASH NEWS
  • Loading...

हिमपातले जम्यो मुस्ताङ

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २०४ पटक पढिएको
हिमपातले जम्यो मुस्ताङ

हिमालपारीको जिल्ला मुस्ताङमा भारी हिमपात भएको छ । बाक्लो हिमपातले बस्ती विच्छेद छन । हवाई तथा स्थल मार्गबाट यातायात चलेका छैनन । चिसोले सिङ्गो मुस्ताङ्ग जमेको छ ।

सिङ्गो मुस्ताङ हिमाल बनेको छ । हिउँसहित तिव्र गतिको हावाले मुस्ताङ्गी घरबाहिर निक्लन सकेका छैनन । प्रहरीका अनुसार बाक्लो हिमपातले धनजनको क्षति विवरण आएको छैन । अधिक चिसोले लाग्दो कात्तिकदेखी नै मुस्ताङ्गी जाडो छल्न बेंशी झरेका भएपनि घर÷कार्यालय रुग्न बसेका कुरुवाको जीवन कष्टकर भएको छ ।

‘हिमपात रोकिएको छैन । हिउँसहितको तिब्र वेगमा हुरी निरन्तर चलिरहेकोले जनजीवन कष्टकर छ । घरबाट आगनमा निक्लन सक्ने अवस्था छैन । हिउँ तयाएर पानीको निर्वाह गरेका छौं’ मुस्ताङ्गका प्रहरी प्रमुख महेन्द्र खड्काले भने, ‘धनजनको क्षतिको जानकारी छैन । खासमा बाक्लो हिउँले गर्दा प्रहरीपनि बाहिर निक्लन सकेको अवस्था छैन । माथिल्लो मुस्ताङ्गका प्रहरी चौकीमा संञ्चारसमेत हुन सकेको छैन ।’

डिएसपी खड्काका अनुसार सदरमुकाम जोमसोम क्षेत्रमा २ फिटबढी बाक्लो हिउँ जमेको छ । विमानस्थलको रन वेमा बाक्लो हिमपात भएकोले केही दिन हवाई उडान हुने संभावना छैन । सडकको अवस्था पनि यही हो । जोमसोमदेखी माथी मुक्तिनाथ जाने सडक केही दिनदेखी बन्द रहेकोमा अव थप केही समय खुल्ने छैन ।

मुस्ताङ भ्रमणमा आएका पर्यटकहरु पनि घर बाहिर निक्लन सकेका छैनन । केही दिन अघि नै मौषम परिवर्तनको संभावन रहेकोले उपल्लो मुस्ताङर मुक्तिनाथसमेत थोरङला पासमा पर्यटक नजान सूचना गरिएको प्रहरीले जनाएको छ ।

तस्वीर सौजन्य ः महेन्द्र खड्का, डिएसपी, जिल्ला प्रहरी कार्यालय, मुस्ताङ ।