- Loading...
प्रेमिका हत्या ः प्रेमीलाई सर्वस्वसहित ३० बर्ष कैद
- पुनहिल डट कम
- ६ साल अघि
- १४८ पटक पढिएको

जिल्ला अदालतले बेनी नगरपालिका, ९ काउलेगौडाका रवि (इन्द्रबहादुर) खड्काले गर्भवती प्रमिकालाई गाडी सहित नदीमा खसाली हत्या गरेको ठहर गर्दै सर्वस्वसहित ३० बर्ष कैद र १ लाख जरिवाना गर्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधिश राजकुमार कोईरालाको इजलासले बुधवार मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १३.३ अनुसार कतब्र्य ज्यानमा सर्वस्वसहित २० बर्ष, अपहरण तथा शरीर बन्धक बनाएकोमा ८ बर्ष, महिलालाई अपहरण गरेकोमा थप दुई बर्ष गरी ३० बर्ष कैद, एक लाख जरिवाना र अपहरणको दैनिक ५ सयका दरले क्षतिपूर्ति भराउने फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी समेत रहेका श्रेष्तेदार खिलप्रसाद वुर्लाकोटीले ले बताए ।
दलित समुदायकी प्रेमिकालाई बोलेरो जीपसहित कालीगण्डकी नदीमा खसाल्नु अघि प्रेमी रवि खड्काले बेनी–पोखरा चल्ने ग १ ज ६८११ नम्बरको जीपका चालक यामबहादुर रोकासँग गरेको टेलिफोन कुराकानीको सम्बाद पुनहिल डट कमललाई प्राप्त भएको छ । सम्बाद यस्तो छ, सुन्नुहोस् ।
०७५ असार १४ गते दिउँसो २ बजे अन्नपूर्ण गाउँपालिका, ७ घराम्दीबाट २० बर्षिया गर्भवती प्रेमिका सविता नेपालीलाई उनकै घरबाट लु २ च २४५४ नम्बरको बोलेरो जीपमा राखी रघुगंगा गापा, १ तिप्ल्याङ नजिकै बेनी–जोमसोम सडकबाट जीप सहित कालीगण्डकी नदीमा फालेर हत्या गरेको ठहर गरेको हो ।
असार १४ गते घराम्दी आमा समुहको रोहोवरमा केटा र केटी दुवै जनाले आफुहरु विच प्रेम सम्बन्ध रहेको र सविता ६ महिनाकी गर्भवती भएको स्वीकार गरी खड्काले गाउ“लेकै विचबाट सवितालाई गाडीमा राखी घर तर्फ हिँडेका थिए ।
‘विभिन्न क्षेत्रको चर्को दवावका विच एउटा जघन्य अपराधको असुन्धान सफल ठहर भएको छ’ जिल्ला अदालतको फैसलापछि जिल्ला प्रहरी प्रमुख वीरबहादुर बुढाले भने, ‘प्रतिवादीलाई मुक्त गराउन र कम सँजाय गराउन विभिन्न पक्षबाट अनुसन्धान क्रममा दवाव सहेका थियौं । फैसला पीडितको पक्षमा आएको छ ।’
दलित प्रेमिकालाई जीपसहित कालीगण्डकी नदीमा फालेपछि वेपत्ता भएका खड्का एक सातापछि प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । ०७४ माघ १–७ गते बेनीमा लागेको म्याग्दी बहोत्सव क्रममा चिनजान भै युवतिको कोठमा यौनसम्पर्कपछि गर्भ रहेको साविति बयान गरेका छन । तीन सन्तानका बाबु रहेका खड्काले दलित युवतीलाई श्रीमति बनाउनु भन्दा मार्नु उत्तम ठानी गाडीसहित कालीगण्डकीमा फालेर हत्या गरेको जाहेरीमा उल्लेख छ । जिल्ला अदालतमा प्रतिवादी खड्काले गरेको वयानको एक अंश ः
‘सवितासँग सारिरिक सम्बन्ध रही गर्भ रहेको हो । सो दिनमा गाउँलेले जिम्मा लगाएपछि केटी लिएर हिँडेको हो । बाटोमा हिँड्दा हिँड्दै तीन छोराछोरी छन । जात मिल्दैन जस्ता मनमा अव के गर्ने, कसो गर्ने भन्ने अनेक कुरा खेल्दा दिमाखले राम्रो काम गरेन…..गाडी खोलामा खस्यो । म बाहिर निक्लें, सविता र गाडीलाई कालीगण्डकीले बगायो ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
