आज:  | Tue, 05, Jul, 2022

मंगला माविका विद्यार्थीको आँखा परिक्षण

२४ माघ २०७५, बिहीबार १६:०६ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता

म्याग्दी जेसिजको आयोजनामा मंगला गाउँपालिका, ३ बाबियाचौर स्थित मंगला माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीको निःशुल्क आँखा परिक्षण गरिएको छ ।

रेडक्रस सोसाईटी÷आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न निःशुल्क आँखा परिक्षण शिविरमा २ सय ३५ जना विद्यार्थी तथा शिक्षक लाभान्वीत भए ।

मंगला गाउँपालिका उपाध्यक्ष सृजना केसीले सामाग्री हस्तान्त्रणगरी शिविरको उद्घाटन गरेको शिविरमा आँखाको उपचार गर्नु पर्ने अवस्थाका तीन जना विद्यार्थी पहिचान गरिएकोले थप उपचारकालागी रिफर गरिएको जेसिजका महाँसचिव सन्दिप खत्रीले बताए ।