आज:  | Fri, 01, Jul, 2022

मालिकाको विममा लिफ्ट खानेपानी

२२ माघ २०७५, मंगलवार ११:१७ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता

मालिका गाउँपालिका, ७ बिममा लिफ्ट प्रबिधिको खानेपानी सूरु भएको छ ।

पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको आर्थिक सहयोगमा निर्माण भैरहेको मालिका गापा, ७ विमको नौरु, तल्लोगाउँ र अस्तवाङका १ सय ११ घरधुरी तथा ८ विद्यालय खानेपानीबाट लाभावन्वीत हुने छन ।

एक करोड ४३ लाख एक हजार १७३ रुपैयाँ लागतमा निर्माण गरिएको परियोजनाले वस्तीदेखी तल रहेको बिबोटखोला र जुगेखोला मुहानको पानी २ सय ४० मिटर माथीको विम गाउँमा लिप्mटबाट खानेपानी ल्याई घर घरमा निजी धाराबाट वितरण सुरु गरेको छ । लिप्mट संञ्चालन गर्न २२ किलोवाट क्षमताको सोलार जडान गरिएको छ ।

सबै घरमा निजी धारा जडान गरेर खानेपानी वितरण भैरहेको छ । सवैका घरमा गुणस्तरिय खानेपानी पु¥याउने लक्ष्य अनुसार महंगो भएपनि लिप््mट खानेपानी योजना लागु गरेका हौं गाउँपालिका उपाध्यक्ष एवं योजना अनुगमन समितिका संयोजक खरमायाँ बिटालुले भनिन्, ‘योजना सम्पन्न भएको छ । सवैको घर खानेपानीको पुगेको छ ।

लिप्mट प्रविधीबाट मालिका गापाको विमका घरमा खानेपानी पु¥याउन २ वटा ईन्टेक, ८ वटा पानी संकलन टंकी, ११९ धारा र ९ हजार ९०९ मिटर पाईपलाईन रहने परियोजनाले जनाएको छ ।