Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

म्याग्दी निर्माण ब्यवसायी संघ फुट्यो

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३४८ पटक पढिएको
म्याग्दी निर्माण ब्यवसायी संघ फुट्यो

निर्माण ब्यवसायी संघ म्याग्दीमा विभाजन भएको छ । संघको दशौं जिल्ला अधिवेशनबाट नारायण जिसी र गोपाल भट्टचन दुई समुहमा विभाजित भएको हो ।

संस्थापन पक्षले आईतवार संघको हलमा सम्पन्न अधिवेशनबाट नारायण जिसी नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरको थियो । लगत्तै असन्तुष्ट पक्षले होटल यतिमा १० औं अधिवेशन आयोजना गरी गोपाल भट्टचनको अध्यक्षतामा अर्को १७ सदस्यीय कार्यसमिति घोषणा गरेको हो । दुई वटा कार्यसमिति गठन भएसँगै निर्माण ब्यवसायी संघ म्याग्दी विभाजन भएको छ ।

असन्त्ुष्ट पक्षले संस्थापन संस्थागत चरित्र नभएको, आर्थिक पारदर्शिता नभएको र संकिर्णगुटमा रमाएको आरोप लगाउँदै समानन्तर समिति गठन गर्नु परेको दावि गरेको छ ।

समानन्तर समितिको बरिष्ठ उपाध्यक्षमा प्रदिप सापकोटा, उपाध्यक्षमा नरसिंह केसी, धनकुमार पुर्जा, महासचिव इन्द्रबहादुर बानियाँ (रवि), सचिव प्रविन सापकोटा र कोषाध्यक्षमा दोजेन्द्र फगामी छन । सदस्यहरुमा भरत उपध्याय, दलबहादुर खत्री, नरेश पुन, धनबहादुर बुढा, बुद्धिबहादुर कार्की, हिक्मत गर्वुजा, लोकबहादुर खड्का, जंगबहादुर भण्डारी, ई. सोनाली क्षेत्री र शिवकुमार भट्टचन रहेका छन । संघको सल्लाहकारमा अमर बानियाँ, हेमराज शर्मा, कृष्णकुमार विक र कृष्णकुमार शेरचन छन ।

‘संस्थापन पक्ष संस्थागत चरित्रबाट नचलेकोले समानन्तर समिति बनाउनु परेको हो । संघलाई केन्द्र, जनता र कामबाट अनुमोदन गराई वैधता प्राप्त गर्छौं’ अध्यक्ष घोषित भएपछि गोपाल भट्टचनले भने, ‘अधिवेशनमा ८९ मध्य ४९ जना अर्थात बहुमत सदस्य हामीसंग छन ।’

संस्थापन पक्षबाट निर्माण ब्यवसायी संघ म्याग्दीको १० औं अधिवेशनबाट नारायण जिसी पुनःअध्यक्ष निर्वाचित भएका छन ।

पूर्व अध्यक्षसहित असन्तुष्ट पक्ष निर्वाचन प्रकृयामा सहभागी नभएपछि निर्वाचन आयोगले जिसी नेतृत्वमा १७ सदस्यीय कार्यसमितिलाई निर्विरोध घोषणा गरेको हो । संघको  वरिष्ठ उपाध्यक्षमा विपिन खड्का, उपाध्यक्षद्धय मनोज कार्की, तमबहादुर चोचाङ्गी, महाँसचिवमा अमृत श्रेष्ठ, सचिव दिनेश केसी र कोषाध्यक्षमा प्रकाश बानियाँ निर्वाचित भएका छन ।

त्यसैगरी सदस्यमा कुसल पौडेल, महेन्द्र आचार्य, गोपाल पौडेल, रेशम पुन, पवन मल्ल, कृष्ण बरुवाल, नारायण बराल, कुशल घर्ती। निरज भण्डारी र श्यामसुन्दर कँडेल निर्विरोध निर्वाचित भएका छन ।

संघको विधान ०४८ को दोस्रो संशोधन०७५ को दफा १३ अनुसार प्रकाशित निर्वाचन कार्यातालिकामा आवश्यक मात्र उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भएको घोषणा गरिएको प्रमुख निर्वाचन आयुक्त ठहरबहादुर भण्डारीले बताए ।

गत माघ ३ गते उद्घाटन गरिएको अधिवेशनमा विधानको विषयलाई लिएर असन्तुष्ट पक्ष सहभागी नभएपछि संघको विधान संशोधनगरी प्रशासन कार्यालयबाट स्वीकृत गराउने र असन्तुष्ट पक्षलाई समेल गर्न पहल गर्ने गरी माघ १९ गतेकालागी स्थगित गरिएको थियो । शनिवार दुवै पक्षले एक÷अर्कोको अस्तित्व अस्वीकार गरेपछि आईतवार विहान निर्वाचन कार्यक्रम तय भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल