आज:  | Thu, 30, Jun, 2022

पर्वत बेनीमा एनआईसी एशिया वैंक

२१ माघ २०७५, सोमबार १५:१९ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता

जलजला गाउँपालिका ३ पर्वत बेनीमा एनआइसी एसिया बैङ्कको शाखा उद्घाटन गरिएको छ ।

एक वर्षअघि देखि वित्तिय सेवा प्रवाह गर्दै आएको शाखाको सोमबार जलजला गाउँपालिका को पर्वत बेनीमा गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०ले उद्घाटन गरे ।

‘दुर्गम ग्रामिण क्षेत्रमा बैङ्कको पहुँच विस्तार गरेर कृषि, उद्यम र आर्थिक विकासमा सहयोग पुग्ने छ’ अध्यक्ष मल्लले भने, ‘ अध्यक्ष मल्लले भने, ‘ब्याजदरमा भएको अस्वभाविक परिवर्तनले ब्यवसायी मर्कामा छन । वैंकहरु सचेत हुनु प¥यो ।’

देशभर २७५ वटा शाखा, २८९ वटा एटिएम काउन्टर, ३९ वटा एक्टेन्सन काउन्टर र २३ वटा शाखा रहित बैङकिङ सेवा सञ्चालन भएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बताउनुभयो ।

शाखाबाट निक्षेप संकलन, कर्जा लगानी, एटिएम, रेमिटेन्स लगायत वित्तिय सेवा प्रवाह गरिने प्रबन्धक गणेश पौडेलले बताए । क्षेत्रीय प्रबन्धक दिपेन्द्र शर्माको अध्यक्षता, शाखा प्रबन्धक पौडेलको स्वागत र स्वेता शेरचनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, जलजला उपशाखाका कार्यबाहक अध्यक्ष चित्रराज रेग्मी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, जलजला ३ का वडा सदस्य शशी शर्माले शुभकामना ब्यक्त गरे ।