आज:  | Tue, 28, Jun, 2022

काँग्रेसले सरकार विरुद्ध प्रर्दशन

२१ माघ २०७५, सोमबार १४:४७ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता

प्रमुख प्रतिपक्ष काँग्रेसले म्याग्दीमा पनि सोमबार सरकार विरुद्ध प्रर्दशन र विरोध सभा गरेको छ । सरकारका काम जनविरोधी र अधिनायकवादी चरित्र देखाएको आरोप लगाउदै काँग्रेस सरकार विरुद्ध आन्दोलनमा उत्रेको हो ।

सरकार विरोधी प्रर्दशनमा काँग्रेस कार्यकर्ताहरुले प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दहाल विरुद्ध नारा लगाउँदै निर्मला वलत्कार र हत्याको दोषी सरकारलाई लगाएका थिए ।

काँग्रेस कार्यालयबाट सुरु भएको विरोध जुलुसले बगार परिक्रमापछि दुरसंञ्चार चोक पुगेर कोण सभामा परिणत भएको थियो । स्थानीय सरकार प्रमुख तथा जनप्रतिनिधी उल्लेख्य सहभागी भएको विरोध सभामा सरकारले सुशासन कायम गर्न नसकेको आरोप लगाए ।