आज:  | Thu, 30, Jun, 2022

अग्नी पीडितलाई मातृभुमी समाजको सहयोग

२१ माघ २०७५, सोमबार १५:४९ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता

अन्नपूर्ण गाउँपालिका, ६ घार टोपेचौरका अग्नी पीडित भुपेन्द्रबहादुर खड्कालाई मातृभुमी सेवा समाजले आर्थिक सहयोग गरेको छ ।

मातृभुमी सेवा समाज कोरियाबाट ४५ हजार र समाजबाट ७ हजार २ सय ११ रुपैयाँ सहयोग पीडितलाई हस्तान्त्रण गरिएको समाजका कृष्ण खड्काले जानकारी गराएका छन । समाजको अगुवाईमा कुवेतमा पनि सहयोग संकलन जारी रहेको खड्काले बताए ।

मातृभुमी सेवा समाज अन्नपूर्ण गापा, ६ घार घर भै विश्वभर छरिएर रहेका रहेका घारबासीको साझा सामाजिक संस्था हो ।

तस्वीर ः सुरेन गुरुङ