आज:  | Sun, 03, Jul, 2022

अन्नपूर्णमा पत्रकारिता तालिम

१८ माघ २०७५, शुक्रबार ११:५७ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता

अन्नपूर्ण गाउ“पालिका केन्द्र पोखरेवगरमा आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ ।

अन्नपूर्ण गाउँकार्यपालिकाको आर्थिक सहयोग, पत्रकार महाँसघको समवन्य र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा संञ्चालित २ दिने आधारभुत पत्रकारिता तालिममा अन्नपूर्ण गापाका सवै ८ वडाका ११ जना महिलासमेत २६ जना शिक्षकm युवा तथा जनप्रतिनिधीको सहभागिता रहेको थियो ।

‘गाउँगाउँमा सरकार गठन भै सिंहदरवार पुगेपछि ग्रामिण भेगका विकास गतिविधी र स्थानीय सरकारका गतिविधीलाई मुलधारका मिडियामा पु¥याउन हरेक वडामा सूचनादाताको रुपमा विकास गर्न तालिम गरेको आयोजकले बताए ।

तालिममा म्याग्दीमा क्रियाशिल पत्रकारहरुले सहजिकरण गरेका थिए । तालिमको उदुघाटन र समापत गापा प्रमुख डमबहादुर गुर्वजाले गरेका थिए ।