FLASH NEWS
  • Loading...

दिदीबहिनी सहकारी सात बर्षमा

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३३६ पटक पढिएको
दिदीबहिनी सहकारी सात बर्षमा

बेनी स्थित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रमगरी सातौं वार्षिकोत्सव मनाएको छ ।

रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा सहकारीले विहिवार बेनी अस्पतालमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । रक्तदानमा २१ जना सहभागी भए । बार्षिकोत्सवको अवसरमा सहकारीमा आवद्धता रहेका दिदीबहिनीले मुठ्ठीदान गरेका थिए । मुठ्ठीदानबाट संकलित अन्नर रकमलाई विपन्न विद्यार्थी, अनाथ र विरामीलाई सहयोग गरिने संस्थाले जनाएको छ ।

संस्थाले बेनी नगरपालिका, २ बगरफाँटकी जमुदा विकलाई १० पाथी चामल, ५ लिटर तेल, ५–५ केजी नुन, चिनी र दुई दर्जन कापी, सावुन र ५ हजार ५ सय, अन्नपूर्ण गापा, ६ घारका भुपेन्द्र खड्कालाई ५ हजार, कलेजोका विरामी पत्रकार अर्जुन शर्मालाल्ई ५ हजार ५ सय, बेनपा, ९का हरी चोखालका छोराछोरीलाई ५ हजार ५ सय ५५, बेनपा, ५ चिप्लेटीको डिब्ब आधारभुत विद्यालयाई स्टेसनरी सहयोग गरेको संस्थाकी अध्यक्ष ज्याति लामिछानेले बताईन ।

फोटो ः सन्तोष गौतम