FLASH NEWS
  • Loading...

जनप्रतिनिधी र पार्टी कार्यकर्ता अन्तरविरोध बढ्दै

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३१४ पटक पढिएको
जनप्रतिनिधी र पार्टी कार्यकर्ता अन्तरविरोध बढ्दै

नेकपाको पार्टी एकता प्रकृयामा देखिएको ढिलाई र अलमलले स्थानीय सरकार संञ्चालनमा असर देखिन थालेको छ ।

स्थानीय सरकार संञ्चालनमा जनप्रनितिनिधी र स्थानीय पार्टीका कार्यकर्ताविच अन्र्तविरोध र असन्तुष्टी देखिन थालेको छ । नेकपाका स्थानीय कार्यकर्ताले जनप्रतिनिधीले योजना छनौट, बजेट निर्माण समेत नगरपालिका÷गाउँपालिकाले मन खुसी चलेको आरोप लगाएका छन ।

‘पार्टी संगठनमा भ्याकुम हुँदा स्थानीय सरकार संञ्चालनमा पनि अप्ठ्यारो आउन थालेको छ । पार्टी कार्यकर्ता र जनप्रतिनिधी विच असमझदारी बढ्दा स्थानीय सरकारका निर्णय कार्यान्वयनमा समस्या भएको छ’ नेकपा जिल्ला संयन्त्र सदस्य एवं मालिका गाउँपालिका, ७ विमका वडाध्यक्ष रेशम जुग्जालीले भने, ‘एकता गाउँसम्मै नपुग्दा कार्यकर्ता विच मन मिलेको छैन । पद मिलेको छैन । जनप्रतिनिधीले अपजस पाएका छन । प्रभावकारी काम गर्न सकिएको छैन ।’

स्थानीय सरकार संञ्चालनमा जनप्रतिनिधी र पार्टी कार्यकर्ता विच देखिएको अन्र्तविरोध पार्टीले समयमै सम्बोधन आवश्यक छ । अन्र्तविरोध र असमझदारी बेलैमा नसुल्झाए पार्टी निती स्थापित गर्न सकिन्न । गाउँमा पार्टी कमिट भएको भए सोही अनुसार स्थानीय सरकार र जनप्रतिनिधीलाई मार्ग निर्देशन गर्न सकिन्थ्यो ।

‘पार्टी एकता प्रकृया अवरुद्धहुँदा स्थानीय सत्ता संञ्चालनमा राय सुझाव र योजना छनौट तथा कार्यान्वयनमा सहज हुन्थ्यो । अहिले हामी जनप्रतिनिधीले देखे जानेको भरमा काम गर्नु पर्दा एकरुपता आउन आएको छैन’ जुग्जालीले थपे, ‘काममा मार्गनिर्दशन गर्ने र स्थानीय सरकारका राम्रो कामको डिफेन्स गर्न पार्टी संगठन मजवुद आवश्यक रहेछ ।’

नेकपाबाट निर्वाचित जनप्रतिनिधीले स्थानीय तहमा पार्टीको कुनै संगठन नभएकोले सरकार संञ्चालनमा कहाँ, कस्लाई परामर्श गर्न अन्यौल रहेको गुनासो गरेका छन । एउटा पार्टीमा दुई दुल (गु्रप)हुँदा नगर÷गाउँपालिकाले गरेका निर्णय विवादमा पर्ने र कार्यान्वयनमा अल्झन आएको अनुभव जनप्रतिनिधीले सुनाए ।

‘म्याग्दी र कालीगण्डकी मिसिदा बेनीमा एक छिन पानीको रंग फरक देखिएला तर अलि तल पुगेपछि पानी छुट्याउन सकिन्न । धैर्य गर्नुस’ नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले भने, ‘संक्रमणकालिन संविधान संस्थागत गर्न तथा संरचनागत सुधार ल्याउन सरकार लागेको छ । तर परम्परावादी र सामान्ती संस्कार बोकेको कर्मचारीतन्त्र प्रतिरोधमा निक्लदा अलमल जस्तो देखिउको हो ।’

बुधवार नेकपाको कार्यालयमा आयोजना गरिएको २४ औं जनयुद्ध दिवस कार्यक्रममा पार्टी एकतामा भएको विलम्ब हुँद देशमा दुई तिहाई बहुमतको सरकार छ भन्ने स्थानीय जनप्रतिनिधीले महसुस गर्न नपाएको गुनासो गरे । पार्टी एकता जिल्ला, गाउँपालिका र वडा तथा वस्तीसम्म नपुग्दा साविक एमाले र माओवादी केन्द्रका कार्यकर्ताको ग्रुपिजम बाँकी छन ।

नेकपा जिल्ला संयन्त्र सदस्य रेशम जुग्जालीको संञ्चालन, गण्डकी प्रदेश सदस्य गोविन्द पौडेलको अध्यक्षता र जिल्ला समवन्यय समितिका अध्यक्ष देवेन्द्रबहादुर केसीले स्वागत गरेको जनयुद्ध दिवस कार्यक्रममा गण्डकी प्रदेश कमिटि सदस्य एवं प्रदेश सांसद विनोद केसी, प्रदेश कमिटि सदस्य नवराज शर्मा, राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष मीन श्रेष्ठ र नेकपा केन्द्रीय सदस्य एवं प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले सम्बोधन गरेका थिए ।