- Loading...
उज्यालो हिउँले बन्यो वस्ती अँध्यारो
- पुनहिल डट कम
- ६ साल अघि
- ३९२ पटक पढिएको

भारी हिमपातका कारण प्रभावित जनजिवन अझै सामान्य भएको छैन् । हिउँको भार थेग्न नसक्दा ढलेका विजुलीका खम्बाहरु ढल्दा पर्यटकीय वस्ती घोडेपानीसमेत दर्जनवढी वस्ती अन्धकार भएका छन ।
नेपाल विधुत प्राधिकरण बेनी वितरण शाखाका अनुसार बाक्ले हिउको भार थेग्न नसक्दा ३३ केभिए मेनलाईनका दर्जनबढी पोल ढलेपछि अन्नपुर्ण गाउँपालिका, ५ पाउद्धार, शिख, ६ घार, खिवाङ, घोरेपानी, ७ घराम्दी, हिस्तान, औला र ८ काफलडाडा, राम्चे र नागी वस्ती शुक्रवाररातीदेखी अन्धकार छ । बेनी नगरपालिका, ३ भकिम्ली, मंगला गाउँपालिका, ५ र ६ बरंजा र मालिका गाउँपालिका, ५ देविस्थामा वितरण लाईनको पोल ढल्दा विधुत आपूर्ति बन्द छ ।
विधुत कार्यालयका फोरम्यान सुजन केसीका अनुसार अन्नपूर्ण गाउँपालिका क्षेत्रमा भारी हिमपातले कति तारपोल ढलेका छन, यकिन गर्न सकिएको छैन । बरंजा, भकिम्ली र देविस्थानमा करिव ८० पोल ढलेका छन ।
‘बेनी नगरपालिकाको भकिम्ली, मंगलाको बरंजा र मालिकाको देविस्थानमा विधुतका कर्मचारी पुगेर क्षतिको लगत लिने र मर्मत सुरु गरेका छन । अन्नपूर्णको ५–८ वडामा अझै क्षतिको आंकलन समेत गर्न सकिएको छैन’ शाखा प्रमुख नेत्रमणी अधिकारीले भने, ‘पर्यटकीय वस्ती घोडेपानीसमेतका क्षेत्रमा कम्तीमा तीन दिनभित्र मर्मत गर्न नसकिने अवस्था छ । उच्च क्ष्ँेत्रको घना जंंगलभित्रबाट मेनलाईन लगिएकोले मान्छे पुग्नै संभव छैन ।’
राष्ट्रिय प्रसारण लाईन मात्र होईन जिल्लाका दर्जनबढी लघुजलविधुत आयोजनाका तारपोल पनि ढलेपछि पश्चिम भेगका अधिकांश वस्ती अन्धकार भएका छन । विधुत नहुँदा मोवाईलको रिपिटर टावरमा पावर नपुग्दा संञ्चार सेवा समेत बन्द भएका छन ।
विद्यालय खुलेनन्
बाक्लो हिमपातबाट बस्ती विच्छेदहुँदा आईंतवार जिल्लाका उपल्लो भेगका अधिकांश विद्यालयमा पठनपाठन भएनन ।
हिमपातले पदमार्ग विच्छेद भएपछि विद्यार्थी विद्यालय पुग्न समस्या भएको हो । माथिल्लो भेगका प्रायः सवै वस्तीका बाटोमा बाक्लो हिउँ जमेपछि वल्लो गाउँबाट पल्लो गाउँ पुग्न सक्ने अवस्था छैन । वस्ती विच्छेद भएका छन ।
‘विद्यालय खुलेपनि विद्यार्थी आउन नसकेपछि पठनपाठन नियमित गर्न सकिएन’ बुद्धिविकास माविका शिक्षक सन्तोष सुवेदीले भने, ‘मौषममा सुधार नभएकोले वस्तीको हिउँ पग्लेकै छैन । आवतजावत गर्न समस्या छ । थप केही दिन पठनपाठन नियमित हुने संभावना छैन ।’
सडक अझै वन्द
बाक्लो हिउँ नपग्लेपछि जिल्लाको उपल्लो भेगका ग्रामिण सडकमा यातायात अवरुद्ध अझै खुलेको छैन । जिल्लाको पोखरे–शिख–चित्रे, तिप्ल्याङ–राम्चे–नागी, राखु–चिमखोला र दरवाङ–बाग्लुङ, क्षेत्रमा बाक्लो हिउँ नपग्लेकोले यातायात चल्न सक्ने अवस्था छैन । ‘हिंड्ने बाटो पत्ता लगाउन त मुस्किल छ, के को गाडी चलाउनु’ बेनी–चित्रे रुटका बस धनी याम बुद्धुजा मगरले भने, ‘१–२ दिन घाम लागेपछि माथीका रोकिएका गाडी बल्न झार्न सकिन्छ कि ? अव सडक नओभ्याएसम्म माथी गाउँ चढ्दैनन गाडी ।’
फोटो ः मगर्नी प्रिन्सेस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
