- Loading...
धौलागिरीको पाँचौं गाउसभा सुरु
- पुनहिल डट कम
- ६ साल अघि
- २९४ पटक पढिएको

गण्डकी प्रदेशका मख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जलविधुत, पर्यटन, पशुपालन र जडिबुटीमा लगानी र ब्यवस्थापनगरी आम्दानी बढाएर दुर्गम क्षेत्रको जीवनस्तर उकास्न सुझाएका छन ।
‘पर्यटन, जडिवुटी, जलविधुत र पशुपालन नै धौलागिरी गाउँपालिकोको मुख्य लगानी र ब्यवस्थापन गर्नु पर्ने क्षेत्र हुन । यसैमा ध्यान केन्द्रीत गर्नुस’ मुख्य मन्त्री गुरुङले भने, ‘अपार संभावना पहिचान गरिसकेपछि गाउँ पालिकाका कार्यक्रम र बजेट पनि सोही अनुसार बनाउनु आवश्यक छ । जनताको आम्दानी नबढाई जीवनस्तर बृद्धी हुँदैन । आम्दानी बढाउन पर्यटन, जडिबुटी, पशुपालनलाई ब्यवसायीकरण गर्नु प¥यो ।’
जिल्लाको सवैभन्दा दुर्गम र ठूलो धौलागिरी गाउँपालिकाको पाचौं गाउँसभा मुनामा उद्घाटन गर्न मुख्य मन्त्री गुरुङ आईतवार मुना पुगेका हुन ।
धौलागिरी गाउँपालिकाको पाचौं गाउँ सभा उद्घाटनमा मुख्य मन्त्री गुरुङ्गले उत्तरको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र पश्चिमको ढोरपाटन सिकार आरक्ष विचमा रहेको धौलागिरी हिमालमुनीको राष्ट्रिय वनलाई संरक्षण क्षेत्रमा विकास गर्न स्थानीय तहबाट पहल थाल्न सुझाए ।
गाउँ सभा उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले धौलागिरी गापा दुर्गम भएपनि पर्यटन, जलविधुत, जडिबुटीको अपार संभावनामा लगानीबृद्धी गर्न सुझाए ।
गाउँ सभामा धौलागिरी गाउँ पालिकाको विपतजोखिम न्यूनिकरण तथा ब्यवस्थापन गर्न बनेको विधेयक, विनियोजन बजेटको पहिलो संशोधन, गत आवको मौजद बजेट बाँडफाँड र पर्यटन सूचना केन्द्र स्थापना शुल्क निर्धारण सम्बन्धी विषय प्रस्ताव राखिएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।
फोटो सौजन्य ः रेशम छन्त्याल, उपाध्यक्ष, धौलागिरी गाउपालिका

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
