FLASH NEWS
  • Loading...

उज्यालो हिउँले बन्यो वस्ती अँध्यारो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २२९ पटक पढिएको
उज्यालो हिउँले बन्यो वस्ती अँध्यारो

भारी हिमपातका कारण प्रभावित जनजिवन अझै सामान्य भएको छैन् । हिउँको भार थेग्न नसक्दा ढलेका विजुलीका खम्बाहरु ढल्दा पर्यटकीय वस्ती घोडेपानीसमेत दर्जनवढी वस्ती अन्धकार भएका छन ।

नेपाल विधुत प्राधिकरण बेनी वितरण शाखाका अनुसार बाक्ले हिउको भार थेग्न नसक्दा ३३ केभिए मेनलाईनका दर्जनबढी पोल ढलेपछि अन्नपुर्ण गाउँपालिका, ५ पाउद्धार, शिख, ६ घार, खिवाङ, घोरेपानी, ७ घराम्दी, हिस्तान, औला र ८ काफलडाडा, राम्चे र नागी वस्ती शुक्रवाररातीदेखी अन्धकार छ । बेनी नगरपालिका, ३ भकिम्ली, मंगला गाउँपालिका, ५ र ६ बरंजा र मालिका गाउँपालिका, ५ देविस्थामा वितरण लाईनको पोल ढल्दा विधुत आपूर्ति बन्द छ ।

विधुत कार्यालयका फोरम्यान सुजन केसीका अनुसार अन्नपूर्ण गाउँपालिका क्षेत्रमा भारी हिमपातले कति तारपोल ढलेका छन, यकिन गर्न सकिएको छैन । बरंजा, भकिम्ली र देविस्थानमा करिव ८० पोल ढलेका छन ।

‘बेनी नगरपालिकाको भकिम्ली, मंगलाको बरंजा र मालिकाको देविस्थानमा विधुतका कर्मचारी पुगेर क्षतिको लगत लिने र मर्मत सुरु गरेका छन । अन्नपूर्णको ५–८ वडामा अझै क्षतिको आंकलन समेत गर्न सकिएको छैन’ शाखा प्रमुख नेत्रमणी अधिकारीले भने, ‘पर्यटकीय वस्ती घोडेपानीसमेतका क्षेत्रमा कम्तीमा तीन दिनभित्र मर्मत गर्न नसकिने अवस्था छ । उच्च क्ष्ँेत्रको घना जंंगलभित्रबाट मेनलाईन लगिएकोले मान्छे पुग्नै संभव छैन ।’

राष्ट्रिय प्रसारण लाईन मात्र होईन जिल्लाका दर्जनबढी लघुजलविधुत आयोजनाका तारपोल पनि ढलेपछि पश्चिम भेगका अधिकांश वस्ती अन्धकार भएका छन । विधुत नहुँदा मोवाईलको रिपिटर टावरमा पावर नपुग्दा संञ्चार सेवा समेत बन्द भएका छन ।

विद्यालय खुलेनन्

बाक्लो हिमपातबाट बस्ती विच्छेदहुँदा आईंतवार जिल्लाका उपल्लो भेगका अधिकांश विद्यालयमा पठनपाठन भएनन ।

हिमपातले पदमार्ग विच्छेद भएपछि विद्यार्थी विद्यालय पुग्न समस्या भएको हो । माथिल्लो भेगका प्रायः सवै वस्तीका बाटोमा बाक्लो हिउँ जमेपछि वल्लो गाउँबाट पल्लो गाउँ पुग्न सक्ने अवस्था छैन । वस्ती विच्छेद भएका छन ।

‘विद्यालय खुलेपनि विद्यार्थी आउन नसकेपछि पठनपाठन नियमित गर्न सकिएन’ बुद्धिविकास माविका शिक्षक सन्तोष सुवेदीले भने, ‘मौषममा सुधार नभएकोले वस्तीको हिउँ पग्लेकै छैन । आवतजावत गर्न समस्या छ । थप केही दिन पठनपाठन नियमित हुने संभावना छैन ।’

सडक अझै वन्द

बाक्लो हिउँ नपग्लेपछि जिल्लाको उपल्लो भेगका ग्रामिण सडकमा यातायात अवरुद्ध अझै खुलेको छैन । जिल्लाको पोखरे–शिख–चित्रे, तिप्ल्याङ–राम्चे–नागी, राखु–चिमखोला र दरवाङ–बाग्लुङ,  क्षेत्रमा बाक्लो हिउँ नपग्लेकोले यातायात चल्न सक्ने अवस्था छैन । ‘हिंड्ने बाटो पत्ता लगाउन त मुस्किल छ, के को गाडी चलाउनु’ बेनी–चित्रे रुटका बस धनी याम बुद्धुजा मगरले भने, ‘१–२ दिन घाम लागेपछि माथीका रोकिएका गाडी बल्न झार्न सकिन्छ कि ? अव सडक नओभ्याएसम्म माथी गाउँ चढ्दैनन गाडी ।’

फोटो ः मगर्नी प्रिन्सेस