- Loading...
हिमालपारीको हिमपात
- पुनहिल डट कम
- ६ साल अघि
- ३६७ पटक पढिएको

हिमालपारीको जिल्ला मुस्ताङमा भएको भारी हिमपातले जनजीवन कष्टकर भएको छ । बाक्लो हिउँले पदमार्ग पत्ता लगाउन नसक्ने अअवस्था आएपछि मुस्ताङ घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक अलपत्र परेका छन । सडक तथा हवाई यातायात पनि ठप्प छ ।
मुस्ताङ जिल्लाभर हिमपात भएकोले नदीबाहेकका सवै भूभागमा बाक्लो हिउँ जमेकोले हिमाल झै बनेको छ । सेताम्मे हिउँले ढाकेका बालुवाका पहाड, बाटो, खेत र घरहरु । विश्व सम्पदा सूचिमा प्रस्तावित ‘माटोको शहर’ मुस्ताङको उपल्लो भेग लोमन्थाङ अहिले बाक्लो हिउँले छोपिएको छ ।
उपल्लो मुस्ताङका लोमन्थाङग, छोसेर, छोनुप, चराङ, घमी लगाएतका सात वस्ती स्थलमार्गबाट विच्छेद भएका छन । बाटोमा बाक्लो हिउँ जमेकोले एक बस्तीबाट अर्कोमा समेत विच्छेद भएका छन ।
जोमसोम विमानस्थलको धावन मार्गमा बाक्लो हिउँ जमेकोले पोखरा–जोमसोम उडान पनि अवरुद्ध छ । बेनी–जोमसोम सडकको मुस्ताङ खण्डकको घासा–जोमसोम–मुक्तिनाथ समेत सवै सडक हिउँले ढाकिएकोले सवारी चल्न सक्ने अवस्था छैन । सडक तथा हवाई यातायात अवरुद्ध भएपछि मुस्ताङ भ्रमणमा रहेका बाह्य तथा आन्तरिक पर्यटक विभिन्न स्थानमा रोकिएका प्रहरीले जनाएको छ । पोखरा, काठमाण्डौ समेतका शहरबाट मोटरसाईकलमा मुस्ताङ घ्ुम्न आएका आन्तरिक पर्यटक मुस्ताङमा अल्झेका छन ।
‘हिमपातले धनजनको क्षतिको जानकारी आएको छैन । तर धेरै आन्तरिक तथा बाहय पर्यटक जोमसोम समेत विभिन्न ठाउँमा रोकिएका छन । वाईकमा आएका आन्तरिक पर्यटक अलपत्र छन’ मुस्ताङका प्रहरी प्रमुख महेन्द्र खड्काले भने, ‘जोमसोममा भन्दाबढी तल लेते क्षेत्रमा बाक्लो हिउँ परेकोले सडक छिचोल्न समस्या छन । धेरै वर्षपछि बाक्लो हिउँ परेको भन्दै यहाँका कृषक सास्ती विर्सेर उत्साही छन ।’
डिएसपी खड्काका अनुसार ६ इन्चदेखी २ फिटसम्म बाक्लो हिउँ परेकोले अझै केही दिन विमानस्थलको रन वे खुल्ने संभावना छैन । सडकको अवस्था पनि यही हो । पदयात्री केही पर्यटक भने जोखिम मोलेरै जोमसोमबाट तल मार्फा, लेते तर्फ हिंडेका छन । जोमसोमदेखी माथी मुक्तिनाथ जाने सडक केही दिनदेखी बन्द रहेकोमा अव थप केही समय खुल्ने छैन ।
सडक तथा हवाई धावनमार्गमा बाक्लो हिउँ थुप्रो लागेकोले मुस्ताङका सवै सडकमा र पोखरा–जोमसोम हवाई यातायात अवरुद्ध छ । बाक्लो हिमपातले वल्लोपल्लो घर गर्न समेत कठिन भएको छ । चिसोले चर्पीको पानी जमेकोले दिसा पिसावमा समेत समस्या छ ।
तस्वीर सौजन्य ः महेन्द्र खड्का, डिएसपी÷जिल्ला प्रहरी कार्यालय मुस्ताङ्ग ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
