- Loading...
म्याग्दीभरी हिमपात, वस्तीहरु विच्छेद
- पुनहिल डट कम
- ६ साल अघि
- ४०६ पटक पढिएको

पर्यटकिय वस्ती घोडेपानी समेत जिल्लाको उच्च हिमाली क्षेत्रका वस्तीहरुमा शुक्रवार दिउँसोदेखी परेको बाक्लो हिमपातले जनजिवन प्रभावित भएको छ । हिमपातले पदमार्ग विच्छेद भै यात्रा संभव नभएपछि पर्यटकहरु अलपत्र परेका छन ।
हिमपातले पर्यटकीय क्षेत्र महरे, घोडेपानी÷पुनहिल, खोप्रा, गुर्जा लगाएत जिल्लाको अधिकांश वस्तीहरु हिउँले ढपक्कै ढाकिएको छ । हिमपातबाट पर्यटकीय छन्त्याल वस्ती गुर्जा, पर्यटकिय गन्तब्य घोडेपानी लगाएतका वस्ती मानवसम्बन्धबाट विच्छेद भएको छ ।
‘दुई फिटजति हिउँ परेको छ । बाक्लोहिमपातले पुनहिल आएका पर्यटक रोकिएका छन । पैदलयात्रा पुरै अवरुद्ध छ’ पर्यटन ब्यवसायी टेकसर पुनले भने, ‘घोडेपानी वरपरका सवै डाँडाहरु हिउँले ढाकिएकोले हिमाल बनेका छन । पर्यटकहरु यात्रा रोकिएपनि हिउँ खेल्न रमाएका छन ।’
जिल्लाको प्रायः सवै वस्तीमा हिउँ परेको छ । १२ बर्षपछि वैंशीका वस्तीसम्मै हिउँ झरेको छ । लामो समयपछि बाक्लो हिमपातहुँदा चिसोले बृद्धबृद्धा, बालबालिका र न्यानो कपडा नभएका विपन्नको जनजीवन प्रभावित भएका छन । आकाशे पानीको सिंचाईमा निर्भर यहा“का अधिकांश ग्रामिण खेत र पाखोवारीको खेती प्रणालीमा झरी र हिमपातले राम्रो गरेको हो ।
‘शुक्रवार दिनमा घाम लागेको थियो । साँझदेखी एक्कासी मौषम परिवर्तन भै हत्तपत्त हिउँ नपर्ने वेंशीका बस्तीसम्म हिउ परेको छ’ अन्नपूर्ण गाउँपालिका, ६ घारकी सरिता बरुवालले भनिन्, ‘हिउँ खेल्न एक छिन रमाईलो भएपनि अधिक चिसो बढेकोले गाईवस्तु स्याहर्न र ग्रामिण जनजीवन थप कष्टकर भएको छ ।’
फोटो सौजन्य ः टेकसर बुद्धुजा, तारा पुन (घोरेपानी), निरोज निर्दोश (हिस्तान), राजु गर्वुजा (राम्चे)

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
