- Loading...
चालक ओराल्दै श्वास्थ्य परिक्षण
- पुनहिल डट कम
- ६ साल अघि
- ३६५ पटक पढिएको

चिसोले यात्रुको चाप घटेपछि सडकमा ट्राफिक चाप छैन । फाट्टफुट्ट दौडेका छन, निजी तथा सार्वजनिक गाडी । विच सडकमा उभिएका छन, सेतो टोपीवाला पुलिस अर्थात ट्राफिक प्रहरी । सडकमा सेतो टोपिवाला देखेपछि डाईभर झस्कन्छन । ट्राफिक प्रहरीले चालकलाई गाडी रोकेर ओर्लन आदेश दिन्छन, लुरुलुरु ओर्लन्छन, उनीहरु ।
बेनी–गलेश्वर सडक खण्डको सेतीपहिरोको अलि चौडा सडक । सडक छेउमा टेवुल कुर्ची । घा“टीमा स्थाईमो मेनोमिटर (विपिसेट) झुण्डाएका डाक्टर । सडक किनारामा आ“खाको दृष्टी परिक्षण गर्ने सेनल चार्ट (अक्षर) झण्डिएको छ । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले चालकको रक्तचाप (प्रेसर) र आँको दृष्टी क्षमता परिक्षण गर्न विहिवार सडकमै श्वास्थ्य परिक्षण शिविर राखेको हो ।
बेनी जिल्ला अस्पताल र आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा निःसुल्क शिविर गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । ७५ जना चालकको ब्लड प्रेसर र दृष्टी परिक्षण गर्दा ७ जनामा उच्चरक्तचाप र २ जना चालकको न्यून दृष्टी समस्या पत्ता लागेको थियो ।
‘चालकको उच्चरक्तचाप र दृष्टीमा समस्या हुँदा सडक दुर्घटना बढेको भेटिएपछि उनीहरुको रक्तचाप र दृष्टी परिक्षण गराएका हौं’ ट्राफिक कार्यालयका प्रहरी सहायक निरिक्षक मित्रलाल ढकालले भने, ‘केही चालकहरुमा न्यून दृष्टी र उच्च रक्तचापको समस्या भेटियो । थप उपचार गर्न र आहारविहारमा सुधार गर्न सुझाएका छौं ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
