- Loading...
फोटोमा हिमपातपछिको घोडेपानी
- पुनहिल डट कम
- ६ साल अघि
- ३८८ पटक पढिएको


पर्यटकिय वस्ती घोडेपानी समेत जिल्लाको उच्च हिमाली क्षेत्रका वस्तीहरुमा परेको बाक्लो हिमपातले जनजिवन प्रभावित भएको छ । हिउ खेल्न पाउँदा पर्यटक रमाएका छन ।


बाक्लो हिमपातले पर्यटकिय क्ष्ँेत्र घोडेपानीमा पैदल आवत जावत बन्द भएको छ । हिमपातले जिल्लाको लुला¨, मुदी, कुईने, स्वाता, चित्रे, घोडेपानी लागएतका वस्ती सेताम्मे भएका छन ।


जिल्लाको उपल्लो क्षेत्रमा हिमपात भएकोले तल्लो क्षेत्रमा भने अत्याधिक चिसो बढेको छ । लामो खडेरीपछि हिमपातले कृषक भने खुशी छन् ।


‘घोडेपानीमा करिव ६ इन्च हिउ“ जमेको छ । पदमार्ग बाक्लो हिउ“ले ढाकिएकोले पर्यटक होटलमै थुनिएका छन’ पर्यटन ब्यवसायी चित्र पुनले भने, ‘अधिक चिसोले पाईमा पानी जमेकोले खानेपानी अवरुद्ध छ ।’


हिमपात पछि अधिक चिसोले पाईपमा जमेपछि घोडेपानीका कम्तीमा ३० वटा पर्यटक होटल, रेष्टुरेन्टहरुमा वितरण गरिएको खानेपानी अधिक चिसोले पाईप भित्र जमेपछि अवरुद्ध भएको हो । घोडेपानीको देउराली क्ष्ँेत्रमा वितरण गरिएको खानेपानी २ किमी परको दरी मुहानबाट ल्याईएको पानी जम्ने गरेको हो ।

‘अधिक चिसोले पाईप भित्रै पानी जम्दा घोडेपानीमा खानेपानी आपूर्ति वन्द छ । पर्यटक÷पाहुनालाई समेत पानी पु¥याउन झन समस्या भएको छ’ पर्यटन ब्यवसायी तारा पुनले भनिन्, ‘सवैलाई स“धै पानी पु¥याउन टाढाका मुहानबाट पानी ल्याएका छौं । चिसो बढेपछि पानी जम्ने गरेको छ । हिउमा झन समस्या हुन्छ ।’


मुहानमै पानी जम्दै तल घरका ट्याड्ढीसम्मको पानी जम्ने गरेको छ । मुहानदेखी रिर्जव ट्याड्ढीसम्मको मेन पाईपमा पनि पानी जमेकोले पाईप फुट्ने समस्या देखिएको छ । रिजर्व ट्याड्ढीदेखी घरघर पु¥याइएको वितरण पाईपमा पानीको मात्रा र बहाव कम हुदा चिसोले पुरै जम्ने गर्छ ।


त्यसैगरी हिमपातबाट धौलागिरी गाउपालिका, १ गुर्जा गाउ अर्को वस्तीबाट पूर्ण विच्छेद भएको छ । ‘टुप्पीदेखि माथी ठाउ छैन, गुर्जादेखी माथी गाउ छैन’ उखानबाट परिचित गुर्जा पैदल तथा संञ्चार दुवै रुपमा सम्पर्क विहिन भएको धौलागिरी गाउपालिकाले जनाएको छ ।
जिल्लाको सवै भन्दा टाढाको यो गाउ गुर्जा छन्त्याल जातीको सवैभन्दा ठुलो वस्ती हो । समुद्र सतहबाट ३ हजार २ सय २० मिटर उचाईमा अवस्थित गुर्जा गाउको वार्षिक औसत तापक्रम ८ डिग्री सेल्सियस मात्र रहन्छ । एक सय ५२ घरपरिवारले बसोबास गर्ने गुर्जा गाउ छन्त्याल जीवन, सभ्यता र संस्कृति हेर्ने सानो आखी झ्याल पनि हो ।

हिमालपारीको जिल्ला मुस्ताभर बाक्लो हिमपात भएको छ । मुस्ता¨को मुक्तिनाथ समेत उपल्लो भेगमा बाक्लो हिमपातले वल्लोपल्लो घर गर्न समेत कठिन भएको छ । एक्याप जोमसोमका आनन्न सुवेदीका अनुसार बाक्लो हिमपातले घरबाहिर निक्लन समेत समस्या भएको छ । चिसोले चर्पीको पानी जमेकोले दिशापिसावमा समेत समस्या छ ।
फोटो सौजन्य ः चित्र पुन र तारा पुन घोडेपानी ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
